Sorry, that menu does not exist.
 

रुखबाट लडेर गम्भीर घाईते निसीखोलाका युवालाई सेनाले ग-यो उद्धार !

बुर्तिवाङ २०७६ चैत २८ । निसीखोलाका एक युवा रुखबाट लडेर गम्भीर घाईते भएको तर लकडाउनको कारण अस्पताल सम्म लैजाने गाडी नपाएको सुचना पाउन साथ ढोरपाटन शिकार आरक्षणमा तैनाथ नेपाली सेनाले ती घाईतेको उद्धार गरेको छ ।

निसीखोला गाउँपालिका वडा नम्वर ५ का नरबहादुर बिकका १८ बर्षीय छोरा चन्द्रलाल बिक वनमा घाँस काट्न गएको बेला रुखबाट लडेर गम्भीर घाईते भएका थिए । कतै गाडी नपाई उनी अलपत्र परेको जानकारी पाउन साथ त्यस आरक्षणको सुरक्षार्थ खटिएको सत्रुमर्दन गुल्मका गुल्मपति सेनानी केशरबहादुर बुढाथोकीले उद्धारमा तत्काल सक्रियता देखाएका थिए ।
उनले त्यस गुल्मको गाडी पठाई सहायक गुल्मपति सह–सेनानी ( क्याप्टेन ) नरेश अर्यालको कमाण्डमा सेनाको टोली खटाई वुर्तिबाङ प्राथामिक स्वास्थ्य केन्द्रमा पुराएर उद्धार गरेको हुन् । घाईतेको घर ढोरपाटन नगरपालिकाको सिमनामा पर्ने निसेलढोरमा रहेको सो गुल्मले जनाएको छ ।

ढोरपाटन नवीगाउँका शिक्षक देवबहादुर सुनारले त्यस भेगमा त्यहाँ तैनाथ सेनाले त्यस भेगमा विपद् पर्दा स्वयम् सेवीको भुमिका खेल्दै आएको प्रतिकृया दिए । ‘लकडाउनका कारण त्यहाँका जनप्रतिनिधीहरुले समेत वास्ता नगरि बसेका थिए । हामीले निसीखोलमा एक जना दलित परिवारको युवा रुखबाट लडेर गम्भीर घाईते छौं भन्ने जानकारी मेजरसावलाई गराउन साथ उद्धार गरि दिनु भयो हामी आभारी छौं , सुनारले भने ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !