बागलुङ २०७६ चैत २९ । चीनको बुहान शहरबाट निस्केको कोरोना भाईरसको संक्रमणले अहिले विश्वव्यापी रुप लिएको छ । पछिल्लो तथ्यांक बमोजिम यस महामारीमा १९३ देशका १ ०२,६४२ भन्दा बढीको ज्यान गएको छ भने १६,९६,८६० संक्रमित रहेका छन् ।
केबल संयुक्त राज्य अमेरिकामा मात्र यस भाईरसबाट संक्रमित हुनेको संख्या विश्वमा सर्वाधिक ५,०१,६४८ रहेको छ । कोरोनाबाट स्पेनमा संक्रमित संख्या १,५८,२७३ पुगेको छ भने ईटलीमा १,४७,५७७, फ्रान्समा १,२४,८६९, जर्मनीमा १,२२ १७१, चीनमा ८१,९०७, युकेमा ७३७५८ र ईरानमा ६८,१९२ रहेको छ ।
कोरोना संक्रमणबाट ईटलीमा सर्वाधिक १८,८४९, अमेरिकामा १८,६८६, स्पेनमा १६,०८१, फ्रान्समा १३,१९७, युकेमा ८,९५८, ईरानमा ४,२३२, चीनमा ३,३३६, बेल्जियममा ३,०१९ जर्मनीमा २,७६७, नेदरल्याण्डमा २५११, ब्राजिलमा १०६८ र स्विट्जल्र्याण्डमा १००२ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामामात्र अमेरिकामा १२ सय जनाको मृत्यु भएको छ ।
श्रोत: worldometer
नेपालमा ९ जना कोरोना संक्रमित रहेकोमा एक जनालाई उपचार पछी निको भएको सरकारी तत्थ्याँक सार्वजनिक भएको छ भने यसको संक्रमणबाट नेपालमा कसैको मृत्यु भएको छैन ।
बागलुङ जिल्लामा दुईजना महिला संक्रमित रहेका छन् । बागलुङ नगरपालिका ४ की १९ वर्षिया अन्सु सापकोटा र बागलुङ नगरपालिका ३ की ६५ वर्षिया मानकुमारी पौडेल दुबै जनाको धौलागिरी अस्पतालको आईसोलेसन कक्षमा उपचार भैरहेको छ । संक्रमित दुबै जना बेल्जियमबाट कतारको दोहा हुँदै गत चैत ४ गते कतार एयरवेजको फ्लाईटबाट काठमाडौ आएका थिए । सोहि प्लेनबाट काठमाडौ आएका अन्य दुईजना यात्रुको स्वाब परीक्षण रिपोर्ट भने नेगेटिव आएको छ ।
धौलागिरी अस्पताल जहाँ दुईजना संक्रमित महिलाहरुको उपचार भैरहेको छ ।
आईसोलेसन कक्षमा उपचाररत संक्रमितलाई कसरी हेरचाह गर्ने ? भन्ने डाक्टर वा स्वास्थ्यकर्मीहरुको जिम्मेवारी हो । संक्रमितहरुको उपचारमा कुनै कसर बाँकी राख्नु हुँदैन, यसमा कसैको दुईमत हुन सक्तैन । आईसोलेसन कक्षमा उपचाररत संक्रमित एक किशोरी संग गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले टेलिफोन वार्ता गरेर उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेको समाचार चर्चामा आईरहँँदा ती संक्रमित किशोरीका केहि गुनसाहरुपनि सार्वजनिक भएका छन् । यतिमात्रपनि होईन, उनलाई एक टीवी च्यानललाई प्रत्यक्ष अन्तर्वार्ता दिने अवसर अस्पताल प्रशासनले प्रदान गरेको छ । यो धौलागिरी अस्पतालको प्रशासनिक महानता हुन सक्छ ।
तर,
उनको जीवन संग उनिमात्र होईन, उनको परिवार मात्र होईन, जिल्लाबासीको मात्रपनि होईन, नेपालीमात्रको जीवन जोडिएको छ । उनिजस्तै संक्रमितकै कारण बागलुङ सन्त्रस्त छ । उनको शीघ्र स्वास्थ्य लाभको कामना मुख्यमन्त्री मात्रले नभएर सबै बागलुङवासीले गरेका छन् । उपचार पछी निको भएको समाचार आम नागरिकलाई प्रतिक्षित विषय बनेको हुन्छ ।
कोरोना भाईरसको संक्रमणबाट त्राहिमाम बनेर भारत लगायत अन्य मुलुकहरुबाट नेपाल (स्वदेश) भित्रिने नेपालीहरुमा संक्रमणको उच्च जोखिम रहेकाले सरकारले उनिहरुमाथी निगरानीका साथ -यापिड टेस्ट सुरु गरैको छ । यस सिलसिलामा बागलुङ जिल्लाका विभिन्न स्वास्थ्य केन्द्रहरुमा -यापिड टेस्ट टीमहरु पुगेर विदेशबाट गृह जिल्ला भित्रिएकाहरुको नमुना परीक्षण कार्यलाई तिब्रता दिईएको छ । भारत लगायत विभिन्न देशहरुबाट जिल्ला फर्कनेको संख्या हजारको हाराहारीमा भएको सरकारी तथ्यांक प्रकाशमा आएपनि जिल्ला भित्रिनेहरुको संख्या यो भन्दा निकै बढी भएको विश्वास गरिएको छ ।
कोरोना संक्रमण फैलिन नदिन सरकारले लकडाउन लगाएको छ । एक स्थानीय तहबाट अर्को स्थानीय तहमा आवत जावन बन्द गरिएको छ । सामाजिक दुरी पालना गर्न आग्रह गरिएको छ । गाउँका विद्यालयहरु कोरोन्टाईन कक्षमा परिणत भएका छन् । कोरोना संक्रमण नियन्त्रणका लागी सचेतना कार्यक्रमहरु सन्चालित छन् । लकडाउनबाट प्रभावित मजदुर विपन्न बर्गहरुलाई राहत वितरण कार्य जारी छ । नागरिककालागी अतिआवश्यक खाद्यान्न लगायतका बस्तुहरुका अभाव हुन नदिन प्रयासहरु भएका छन् ।
बागलुङ जिल्लाका स्थानीय तहमा कोरोना भाईरस सम्वन्धि सचेतना कार्यक्रमहरु व्यापकरुपमा भैरहेका छन् । जिल्लामा कोरोना संक्रमण नियन्त्रण गर्नका लागी जनप्रतिनिधीहरुले केवल प्रचारबाजीका लागी मात्र क्वारेन्टाईन र आइृसोलेसन कक्षका कुरा नगरेर विश्वको वर्तमान अवस्थाको भयावह स्थितिलाई मनन गरी कोरोनाको संक्रमण फैलिन नदिन कथनी भन्दा करनीतिर केन्द्रित हुनु जरुरी छ । यसलाई हलुँगो रुपमा लिने अवस्था छैन । बेलैमा सजग नबन्ने हो भने यसको महामारीको परिणति कति भयावह हुन्छ भन्ने कुरा विकशित पश्चिमा देशहरुको पछिल्लो स्थितिले बुझ्न सकिन्छ । कोरोना भाईरसको औषधी छैन । सरकारले लागु गरेको लकडाउनको पूर्ण पालना गरी केवल सामाजिक दुरी कायम गरेर नै आफु बच्न र अरुलाई बचाउन सकिन्छ ।
जनप्रतिनिधी, स्थानीयतह, सरोकारवाला निकायहरु गम्भीरताका साथ कर्म क्षेत्रमा उत्रनु आवश्यक छ । फाल्तु गफ गरेर कोरोनाको संक्रमण नियन्त्रण हुदैन । आफु सजग बनौ अरुलाई पनि सजग ँबनार्आैँ, आफुपनि बाचौँ अरुलाई पनि बचार्आैँ, लकडाउनको पूर्ण पालना गरौँ । संकटको यस घडीमा धनको ध्वाँस होईन बुद्धि र विवेकको प्रयोग गरौँ । कालाबजारी भ्रष्ट प्रबृत्तीलाई कानूनी दायरामा ल्याऔँ । लकडाउनको महत्वलाई जनजनमा पुयाऔँँ ।
हिँजो मात्रै कोरोना संक्रमणका बारेमा स्थलगत अध्ययन अनुगमन गर्न गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङ बागलुङ सदरमुकाममा जिल्ला कमाण्ड पोष्टको बैठकमा सहभागी बनी आवश्यक निर्देशन दिएर पोखरा फर्किएका छन् । मुख्यमन्त्री गुरुङको निर्देशन कार्यान्वयनमा सरोकारवाला निकायहरु दिनरात लाग्नु आवश्यक छ र यसमा जनप्रतिनिधी एवं आम नागरिकको सक्रिय सहयोग अपेक्षित छ ।