बागलुङ २०७६ चैत २९ । यतिबेला बागलुङ जिल्लाका स्वास्थ्य केन्द्रहरुमा र त्यहाँ कार्यरत स्वास्थ्यकर्मीहरुका लागी पीपीई लगायतका स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण, विभिन्न पालिकाहरुमा काम नपाएर विहान बेलुकीको छाक चलाउन समेत हम्मे हम्मेमा परेका गरीब मजदुर, विपन्त परिवारहरुलाई राहत वितरण कार्यक्रमले तिब्रता पाएको छ ।
विभिन्न राजनीतिक दल, संघ संस्थाहरु, सांसद लगायतका जनप्रतिनिधीहरु पालिकाहरुमा पुगेर पीपीई सहितका स्वास्थ्य सामाग्री हस्तान्तरण गरिरहेका छन भने नवधनाढ्यहरुले राहत सामाग्रीहरु आगन भरी फिँजाएर (शो गरेर) गरीब निमुखाहरुको सहयोग गरेका छन् र अहिलेपनि सिलसिला जारी रहेको छ ।
वितरित या हस्तान्तरित सामाग्रीहरुको गुणस्तरलाई लिएर आम नागरिकमा टीका टिप्पणी हुनुलाई अस्वाभाविक मान्न सकिन्न । यसै सन्दर्भमा विभिन्न स्वास्थ्य संस्थाहरुमा हस्तान्तरित सामाग्रीहरु चौधरी फाउण्डेशनबाट नि:शुल्क प्राप्त भएका समेत रहेको स्वास्थ्यकर्मीहरुले जानकारी दिएका छन् ।