रामप्रसाद घिमिरे, बागलुङ २०७६ चेत २९ । बागलुङ नगरपालिका-१३ बास्कोटमा चट्याङबाट एक जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् । साढे ४ बजेको समयमा परेको चट्याङले घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर २६ वर्षिय शंकर रिजालको ज्यान गएको छ । उनी मकै खनेर घरमा फर्किएका मात्र थिए, चट्याङ परेको स्थानीयले बताए । उनको उपचारको लागी धौलागिरी अस्पताल लयाएपछी मुत्यु भएको अस्पताल श्रोतले बतायो ।
चट्याङबाट सोहि ठाउ बस्ने वर्ष ७३ को तारा सार्की, वर्ष ६५ की फुलमती हरिजन, वष ४१ कोपिला परियार वर्ष २६ की लक्ष्मी नेपाली, २० वर्षीय रेश्मी भट्ट,नरबहादुर रोका, कालीगणडकी करिडोरमा कामगर्ने दाङ घर भएका कमल केसी घाईते भएका छन् । चट्याङले एउटा भैँसी पनि मरेको स्थानीयले बताएका छन् । घाईतेहरुको धौलागिरी अस्पतालमा उपचार भैरहेको छ ।