बागलुङ, २०७६ चैत २९ । जिल्ला सुरक्षा समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुको नेतृत्वमा अर्जुनवाण गणका प्रमुख सेनानी मिलनध्वज खाँण, जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक नवराज भट्ट, सशस्त्रका प्रनाउ बासुदेव लोहनी, प्रशासकीय अधिकृत धिरेन्द्र पन्त सहितको सुरक्षा टोलीले शनिवार बागलुङ जिल्लाको सुदूर पश्चिमका स्थानीय तहहरुको अवलोकन भ्रमण गरेको छ ।
वैश्विकरुप लिएको कोरोना संक्रमणको नियन्त्रण, रोकथामका लागी सरकारले गरेको लकडाउनको कार्यान्वयन, कोरोना भाईरस परीक्षण (यापिड टेष्ट)
क्वारेन्टाईन कक्षको निर्माण, भारत लगायत विभिन्न मुलुकहरुबाट गाउँ फर्केकाहरुको अवस्थाका बारेमा स्थानीय तहका जनप्रतिनिधीहरु संग छलफल तथा अन्तरक्रिया गरी आवश्यक जानकारी लिएर सदरमुकाम फर्किएको हो ।
टोलीले बडीगाड, निसीखोला र तमानखोला गाउपालिकाका अध्यक्षहरु मेहरसिँह पाईजा, तारानाथ पौडेल र जोकलाल बुढामगर तथा ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपाली लगायत पालिकाका पदाधिकारीहरु, प्रमुख प्रशासकीय अधिकृतहरुसंंगको अन्तरक्रियात्मक छलफलमा कोरोना नियन्त्रण तथा रोकथामका लागी पालिका तहमा गरिएका कार्यहरु, लकडाउनकाको कार्यान्वयन, राहत वितरण, विभिन्न स्वास्थ्य संस्थाहरुमा पीपीई लगायतका स्वास्थ्य सामाग्रीहरुको व्यवस्थापन अदिका विषयमा संज्ञान लिऐका प्रशासकीय अधिकृत धिरेन्द्र पन्तले ईबागलुङलाई बताए ।
छलफलमा प्रमुख जिल्ला अधिकारी सैजुले एकव्दार प्रणालीबाट राहत वितरण गर्न, स्थानीय मजदुर, विपन्न वर्गहरुलाई राहत उपलव्ध गराउन आग्रह गरेका थिए । स्थानीय तहमा सन्चालित क्वारेन्टाईन कक्षको अवस्था लगायत त्यहाँको शान्ति सुरक्षा बारेमा पनि सुरक्षा टोलीले जानकारी लिएको थियो ।
टोलीले कोरोना मैत्री एम्बुलेन्स तयारी अवस्थामा राख्न निर्देशन दिँदै एम्बुलेन्स नभएमा अन्य सवारी साधनलाई एम्बुलेन्सको रुपमा तयारी राख्न समेत आग्रह गरेको थियो । खाद्यान्न, फलफुल, औषधी आदि अत्यावश्यक बस्तुको अभाव हुन नदिन आवश्यक व्यवस्था गर्न समेत स्थानीय तहलाई सुझाएको छ ।
एकव्दार प्रणालीबाट राहत वितरण गर्न स्थानीयतहलाई प्रजिअ सैजुको आग्रह !
२०७६ चैत्र २९, शनिबार २१:४६
Home Slider, Top News, अन्य समाचार, प्रमुख समाचार
Related Posts
२०७८ असार २४, बिहीबार ०९:०६
५ दिन देखी तमानखोला बुर्तिबाङ सडक अवरुद्ध
२०७८ असार १२, शनिबार ०९:२०