प्रेम सुनार,
गुल्मी, २०७६ चैत २९ । नयाँ बर्ष २०७७ को संघारमा आई पुग्दा मोवाईलमा ह्यापी न्यु ईअर त कतै नयाँ बर्षको शुभकामना भन्दै म्यासेज आई रहेका छन् । मोवाईल फोन एसएमएस देखि फेशबुक म्यासेन्जर , ईमो र भाईवर सम्म नयाँ बर्ष कै शुभकामनाले भरिएको छ । सेम टु यु भनेर फर्काउने फुर्सद पनि छैन मलाई यति बेला ।
लकडाउनका कारण कतै छाक अड्केको, कतै बिच बाटो मै अलपत्र परेको , कतै स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुले लडेर घाईते हुँदा समेत कोरोना सर्छ भनेर सामन्य मलम पट्टी गराई दिन समेत नमानेको गुनासाहरुको फोन दिनको समयमा त उठाई साध्धे छैनन नै मिठो निद्रा परेको रात र एका बिहानै पनि फोनको घण्टी बजेर तत्कालै दिक्क लाग्छ र पनि तत्कालै फेरी उद्धार गर्ने बेला हो भन्दै उत्साह जाग्छ ।
विगतका बर्षहरुमा त नयाँ बर्षको शुभकामना म अफुले दिने देखि फर्काउने कार्यमा ब्यस्त थिएँ । यस बर्षको नयाँ बर्षमा भने शुभकामन दिने र फर्काउने फुर्सद नपाएको प्रति म आम आफन्तजन र शुभेच्छुकहरु प्रति माफी चाहन्छु । अर्को कुरा पछिल्लो चरण बिशेष गरि रेडयोहरुमा सरकारी कार्यालय , संघ संस्थाहरुले नयाँ बर्ष देखि हरेक चाड पर्ब लगायतको अवसरमा शुभकामना दिने फेशन बढेको छ ।
त्यस्तै आफन्तजनको मृत्युमा श्रद्धाञ्जली र समावेदनाका नाममा मृतक एक तर दुई दर्जन भन्दा बढिको नाम फुकाउने फेशनले फजुल खर्च बढ्दै गएको छ । झण्डै २५ जना भन्दा बढिको नाम टिपाएको केहि बेर पछि फेरी फोन आउँछ लौन मेरी डेढ बर्षकी छोरी र जेठा बुवाको ६ महिनाको छोराको नाम टिपाउन छुटे छ , जेठी आमा कराएर धुमधाम गर्नु भा’छ ।
मानौ कि त्यो परिवार वा उनका छिमेकीमा आफन्तजनको मृत्युको शोक नभई चाईनिजहरुमा जस्तो मृत्युमा ठुलोउत्सव आएको छ । चिनमा कुनै आफन्तको मृत्यु भए बाजा गाजा र दुई चार दिन सम्म खानपिन रमाईलो हुन्छ । त्यस्तै नेपालीहरुमा पनि हुन थाल्यो कि भन्ने महशुस हुन्छ नाम टिपाउनेहरुको संख्या देख्दा ।
यसरी समावेदना शुभकामनामा ब्यक्ति र संघ संस्थाहरुले मन फुकाएर पैसा खर्च गरेको छ तर यो कोरोना भाईरसको विश्व ब्यापी महामारी र लकडाउनको बेला कुनै एउटा भोको पेट मान्छे देखेर बाँडेर खाउँ भन्ने प्रायः विरलै भेटिएका छन् । शहर बजार तिर त लकाडाउन अघि घरमा पोछा लगाउँदै आएकी , आएका कामदारलाई समेत गेटबाट चिहाएर कोठामा चुलो बल्न छाडेको गुनासो सुनाउन समेत दिईन्न ।
मन्दिरहरु र पुजापाठमा धर्म धेरै गर्ने पैसा पनि त्यति नै खर्च गर्ने तर एक मानवले अर्को मानवलाई विपद् परेको बेला कति अधर्मी छ कतिपयको मन ? काम कजाउने बेलामा कतिपय निकै मनकारी पनि हुने जव काम छैन् अथार्त दिईदैन त्यस पछि चाँहिदाको भाँडो नचाँहिदाको ठाँडो गरि ठानी दिने यो कुन समाजको रुप हो ?
कुनै ठेकेदारहरुकहाँ सरसपाटी माग्न त परै जाओस काम गरेको पैसा मागेर छाक टार्छु भन्दै गएको कामदारलाई समेत ढोका खोलिदैन र सञ्चारकर्मी गुहार्नु परेको छ । ती दैनिक ज्याला मजदुरी गरेर जिविका चलाउँदै आएका र लकडाउनको चपेटामा परेकाहरुको यति बेलाको अवस्था देख्दा के को नयाँ बर्ष ? अनि के को खुशी–हर्षं ? भन्ने प्रति प्रश्न मेरो मनमा उब्जिन्छ ।
हुनखानेलाई प्रायः हरेक दिन नयाँ बर्ष गरिखानेलाई हरेक दिन उहि पुरानै बर्ष , थपिदै झन नयाँ बोझ र खर्च , होईन र ? भनेर म आफै संग प्रश्न गर्छु । हुन पनि दशै आउँछ अरुलाई , दशा भित्रिन्छ तिनै दिन दुखीहरुलाई । अझ कतिपयले विजयी दशामी पनि भन्छन । कसको विजयी दशै ? हिजोका शासकहरुले रैती माथी विजयी हाँसिल गर्ने अनि अहिले पनि हारेका उनका सन्ततीले पनि विजयी दशै नै भन्ने ?
भन्नु हुँदैन जव सम्म गरि खाने वर्गको जित हुँदैन तव सम्म ती बर्गलाई न त विजयी दशै आउँछ न त नयाँ बर्ष आउँछ । जुन दिन ति बर्ग विजयी हुने छ त्यही दिन साँचो अर्थमा उनीहरुको नयाँ बर्ष वा विजयी दशै आउने छ र मनाउन सुरु गर्ने छन् ।
अस्ती भर्खर हुनेखानेले लक डाउनका बाबुजुद पनि घरमा भब्य खानपिन गरेर चेते दशै मनाए । तर उनैहरुको घरमा वा उद्योग ब्यवसायमा काम गर्ने मजदुरहरुको कोठामा चुलो बल्न सकेको थिएन । कतिपय मजदुरहरुले चैते दशैं हिड्दा हिड्दै मध्ये रातमा भोकभोकै जंगलमा बिताउनु प¥यो ।
जिम्मेवार ठेकेदारहरुको कुरै छाडौं , दैनिक काम कजाउने नाईकेहरु आफु सुरक्षित हुन भागेर अलपत्र छाडेर हिडे कामदारहरुलाई । स्याङजा देखि गुल्मी हुँदै हिडरै दाङ पुग्न बाध्य हुनु र कोही म्याग्दी देखि हिडेर रोल्पाको यात्रा भोक भोकै गर्नु कम पिडादायी कुरा होईन ।
आजै भोली पनि स्याङजा तर्फ काम गरेको बताउनेहरु आफ्नो घर दाङ छिर्न नसकेर बाह्र तेह्र जनाको समुह गुल्मीको ईस्मा गाउँपालिका ढाँडामा छिरेको स्थानीय शिक्षिका स्मारिका केसीले जानकारी दिनु भयो । यहाँ त छैन कसैलाई मतलव मान्छे छिरेका छिरै छन गाउँपालिकालाई पनि वास्ता छैन पुलिसलाई भन्दिए हुन्थ्यो कि केसीले यस्तो गुनासो गर्नु भयो ।
यसरी भोक भोकै सात दिन सम्मको पैदल यात्रा गरिरहेका बटुवाहरुलाई मानवको ब्यबहार गर्नुहोस् । ठिकै छ नजिक पर्न नदिनुहोस् तर टाढै बाट भए पनि तपाई कहाँ पाकेको जे छ त्यही खुवाएर त पठाउनुहोस् । सक्नु हुन्छ भने तपाईले रेडियोहरुमा नाम फुकाउँदा खर्च हुने हजार पन्ध्र सय ती बेखर्चीलाई दिएर पठाउनुहोस् ।
तीनै मजदुरहरुलाई पाँच किलो चामल दिएर भोक टार्न आनाकानी गर्दै निर्णय गर्न र निर्देशिका बनाउँदै छौं भनेर टार्दै आएका कतिपय पालिकाहरुको प्रचारात्मक खर्च हेरौ त ? हेर्ने मात्र होईन लेखा जोखा गरौं त बगाईएको छ विना उपलब्धी पैसाको खोला । एउटै बर्षमा दुई चार लाख त एउटन युट्युवरहरुले मात्रै कुम्लाएको पाईएको छ ।
तर हेर्नुस् त यो विपदमा कतिपय पालिकाहरुले जावो एक महिना पुग्ने राशन समेत नदिएर किलोको हिसावले बाँड्दैछन् । बेलमा विकासा निर्माणको काम हुँदैन , अगाडी सारिएको कार्यक्रम गर्न सकिदैन् । अनि असार मासान्तताका पैसा फालाफाल अनि विभिन्न शिर्षक मिलाउँदै आसोपासेहरुको खल्तीमा चेक हालाहाल । कि होईन ?
अझ गजवको कुरा त के भने स्थानीय सरकारलाई चुसेर पनि नपुगेर प्रदेश सरकार सम्म पुगेर जनप्रतिनीधी देखि शिक्षक कर्मचारीहरु सम्म मिलेर नक्कली किशान बनेर दशौं बिसौं लाख टोल टोलमा कुम्लाए र कुम्लाउँदै छन् । कतै बाख्रा पालन , कतै भैसी पालन , कतै कुखरा पालन त कतै फलफुल तरकारी किशानका नाममा लाखौं रकम कुम्लाए अनि असार मशान्तमा अनुगमनकर्ताहरुलाई देखाउन र फोटो खिचाउनका लागि गाउँका सापटी भैसी , बाख्रा ल्याएर बाँध्ने अनि रकम निकासी गरे पछि जो जसका हुन फिर्ता गर्ने यस्ता दृष्टान्तहरु हाम्रो सामु छर्लङ्घै छन् ।
बाख्रा कुखरा पालक भनाउँदाहरु मध्ये कतिपयको पारा पनि उही हो । तरकारी खेती , सुन्तला र कागती खेतीका नाममा सरकारी रकम कुम्लाउनेहरुको भण्डाफोर त हामीले गरि सकेका छौं । समाजका टाँठाबाठा र आसेपासहरुलाई पोस्न त्यति ठुलो रकम निकासी गर्न जति किर्ते कागज प्रकृया मिलाए पनि हुने तर यो विपद्मा गरिव निमुखाहरुको छाक टराई दिन विधि र प्रकृया अनिवार्य चाहिने ?
घरमा सुत्केरी पर्दा र मरो पर्दा त राणा शासनताकाका सामाजका अगुवाहरुले समेत तत्कालै राहत दिन्थे भन्ने बुढापाकाहरु सुनाउँ छन भने यो गणतान्त्रिक युगका समाज सेवीहरुको यहि हो पारा ? फेरी चुनाव ताका त निकै मन मनकारी भईन्छ र गरिव दलिहरुको सामु खुब संग गोहीका आँशु बगाईन्छ त ?
उति बेला चामल दाल , नुन तेल मात्रै हो र पैसाको विटो देखि रक्सी र मासु बाँडेर धुमधाम अनि यो वेला चुमचाम ? उति बेला त प्रति ब्यक्तिले नै बाढ्थ्यौ नि गरिव मजदुरहरुका घर घरमा राशन अहिले यो विपदमा कुनै पालिका वा कुनै संघ संस्था चाहिने ? तिमी गरिव मजदुरहरु प्रति कति शंवेदनशिल छौ भन्ने कुराको मापन गर्ने अर्थात तिमी र तिमीहरुका नाडी छाम्ने बेला पनि हो यो ।
साँच्ची भन्नु पर्दा तिम्रो अशली रुप चिन्दै छन नेपाली जनातोले त्यसमा पनि गरिव मजदुर वर्गले । यसर्थ तिमी मनाउ नयाँ बर्ष म मनाउँदिन । जब सम्म कोरोना संक्रमणबाट नेपाल सहित बिश्वका सम्पुर्ण मानव जातीहरु मुक्त हुँदैनन त्यतिञ्जेल सम्म म पिर चिन्ता र शोकमा छु । चसक्क मन घोच्या भए रिसानी माफ होला .. बस्……….नया बर्ष मेरा लागि पटक्कै छैन् हर्ष….
लेखक ईबागलुङका संपादक हुन् ।