Sorry, that menu does not exist.
 

नेपाली काँग्रेसव्दारा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ६ थान एन नाइन्टी फाइभ पीपीई हस्तान्तरण !

छविलाल पाण्डे, बुर्तिवाङ २०७६ चैत ३० । नेपाली काँग्रेस क्षेत्र नं.२ बागलुङले बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ६ थान एन नाइन्टी फाईब पीपीई हस्तान्तरण गरेको छ ।
क्षेत्र नं.२ बागलुङका ६ स्थानिय पालिकामा ४८ वडा अन्र्तगत पर्ने स्वास्थ्य सँस्थामा पीपीई, माक्स, सेनिटाइजर, गलोब, सिटामोल, जिवनजल लगाएतका सामाग्रि हस्तान्त्रण गर्दे आएको काँग्रसले आइतबार राजनैतिक दलका प्रतिनिधी , पत्रकारको रहोभरमा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. मिलन मल्ल लगाएत स्वास्थ्य कर्मिलाई छ थान पीपीई, लगाएत अन्य स्वास्थ्य सामाग्रि हस्तान्त्रण गरिएको हो ।

स्वास्थ्य सामाग्री हस्तान्त्रण गर्दे काँग्रेस क्षेत्रीय सभापती दोर्णकुमार कुवँरले कोरोना विरुद्धको लडाँइमा बढिमात्रामा स्वास्थ्य कर्मि जोखिममा रहेको र प्रर्याप्त मात्रामा स्वास्थ्य सामाग्रि अभाब रहेका कारण आफुहरुले स्वास्थ्य सामाग्रि हस्तान्त्रण गरीएको बताए ।

उनले ताराखोला गाउँपालिकामा सामाग्री पुर्याउन बाँकी रहेको र अन्य ५ पालिकाका स्वास्थ्य केन्द्र र पालिकामा स्वास्थ्य सामाग्री पुर्याई सकिएको बताउँदै पीपीई सौजन्य गर्ने चौधरी फाउन्डेशनलाई समेत धन्यबाद ज्ञापन गरे ।

बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा आज आयोजित कार्यक्रममा नेकपाको तर्फदेखि चन्द्र अर्याल, राजमोका दलबहादुर भण्डारी, क्रान्तिकारी माओबादीको तर्फदेखि निलबहादुर पुन, ढोरपाटन २ का वडा अध्यक्ष युवराज महत, वडा नं.३ का अध्यक्ष हेमेन्द्र घर्ति, नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधी सिँहबहादुर राना, सोम पौवी , क्षत्रे नं.२ (ख) सचिव दिपेन्द्र श्रेष्ठ लगाएतको उपस्थिती रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !