छबिलाल पाण्डे, बागलुङ २०७६ चैत ३० । काठेखोला गाउपालिका ६ बिहुँ ईनारपानीकी ६५ वर्षिया महिलाको कोरोना -यापिड टेष्टको रिपोर्ट पोजेटिव आएको छ । उनी अन्य १२ जनाको समुहमा छिमेकी मुलुक भारतको काँशी, गया, बृन्दाबन आदि धार्मिक स्थलहरुको तीर्थ गरी गत चैत ६ गते चितवन हुँदै चैत ७ गते जीपबाट बागलुङ आईपुगेकी थिईन । उनी संग उनका छोरा बुहारी सहित एकै परिवारका ४ जना भारत तीर्थ गएका थिए । उनिहरुको रिपोर्ट भने नेगेटिव आएको बुझिएको छ ।
आरटीडी टेस्टको रिपोर्ट पोजेटिव आएकी महिलाको पुन;स्वाब परिक्षणका लागि पोखरा या काठमाडौ पठाउने तयारी भइरहेको काठेखाला गाउँपालिका ६ का वडा अध्यक्ष युक्त प्रसाद कँडेलले बताए । -यापिड टेष्टमा पोजेटिभ देखिएपछि अहिले महिलालाई गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाईनमा राखिएको अध्यक्ष कँडेलको भनाई छ । निज महिलाको घर परिवार र उनिसँग घुलमिल भएका व्यक्तिहरुलाई क्वारेन्टाईनमा राख्नका निम्ती आवश्यक तयारी भैरहेको सूत्रको दाबी छ । काठेखोला गाउँपालिकामा आज ५७ जनाको-यापिड टेष्ट भएको छ ।
यसैवीच आज ढोरपाटन नगरपालिकामा १ सय २७ जनाको (-यापिट टेष्ट गरिएको छ । दुई दिनमा गरी १ सय २७ जनाको -यापिट टेष्टमा सबैको रिर्पाेट नेगेटिभ देखिएको ढोरपाटन नगरपालिका स्वास्थ्य सँयोजक घनश्याम शर्माले बताए ।
आइतबार नगरपालिकाको वडा नं.१,२ ३ र ४ का ५० जनाको परिक्षण गरीएको थियो , शनिबार ७७ जनाको परिक्षण गरीएको हो । आइतबार बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ५ महिला र २५ पूरुष गरी ३० जना तथा खुँगा स्वास्थ्य चौकीमा २० पूरुषको ¥यापिड टेष्ट गरीएको हो ।
गल्कोटबाट सहकर्मी मित्रलाल खरेलले सम्प्रेषित समाचारमा गल्कोट नगरपालिकाको हटियामा आज १०९ जनाको -यापिड टेष्ट गरिएको थियो । नगरपालिकाका प्रवक्ता एवं वडा नं २ का अध्यक्ष हिमबहादुर भण्डारीका अनुसार १०९ जनाको रिपोर्ट नेगेटिव आएको छ ।
त्यस्तै सहकर्मी थम्मन थापाका अनुसार ताराखोला गाँउपालिकामा पनि आईतबार नै द्रुत परीक्षण ९र्यापिड डाइगोनोस्टिक टेष्ट० गरिएको छ । गाउँपालिका भित्रका ३८ जनाको परिक्षण गरिएकोमा ३६ जनाको रिपोर्ट नेगेटिभ आएको ताराखोला गााउपालिका स्वास्थ्य संयोजक दिपक बहादुर खड्काले जनाकारी दिए । २ जनाको रिपोर्ट आउन बाँकी रहेको संयोजक खडकाले बताए । दुर्त परिक्षण २७ जना पुरुष र ११ जना महिलामा परिक्षण गरिएको थियो । खड्काका अनुसार ताराखोला गाँउपालिका वडा नम्वर १ का २, वडा नम्वर २ का ७, वडा नम्बर ३ मा १७, वडा नम्वर ४ मा ३ र वडा नम्बर ५ मा ९ जनाको कोरोना परिक्षण गरिएको थियो । गत चैत १ गते पछि छिमेकी मुलुक भारत लगायत अन्य विदेशी मुलुकबाट घर फर्किएका नागरिकहरुमा कोभिड १९ को परिक्षण गरिएको ताराखोला गाँउपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।