प्रेम सुनार, गुल्मी, २०७६ चैत ३० । गुल्मी जिल्लाका १२ वटा स्थानीय तह मध्ये लकडाउन अबधीभर गरिव मजदुरहरुलाई राहत उपलब्ध गराउन सबै भन्दा बढी धनराशीको राहत कोष ईस्मा गाउँपालिकाले स्थापना गरेको छ ।
ईस्मा गाउँपालिका अध्यक्ष लक्ष्मण बिष्टको संयोजकत्वमा गठित विपद् ब्यवस्थापन समितिको बैठकले ८९ लाख ५१ हजार गाउँपालिकाबाट र प्रदेशबाट प्राप्त १० लाख सहित झण्डै १ करोडको राहत कोष स्थापना गरिएको त्यहाँका निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण महतले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष बिष्टले विपद्को यो बेला सबै जनप्रतिनिधी , कर्मचारी , समाजका अगुवाहरुले मन फुकाएर सहयोग आदन प्रदान गर्न अपिल गरेका छन् । उनले दैनिक निमेक मजदुरी गरेर जिविका चलाउँदै आएका वर्गहरुलाई लकडाउनको बेला संकट परेकोले उनीहरुको दैनिकी गुजाराका लागि गाउँपालिकाले अत्याबश्यक वस्तुको कमी हुन नदिने बताए ।
गाउँपालिका उपाध्यक्ष बिमला खत्रीले भनिन् यस विपद्मा जनता बचाएर पो पछि बिकास गरौंला भन्दै हामीले मनफुकाएर राहत कोष स्थापना गरेका हौं । उपाध्यक्ष खत्रीका अनुसार गाउ ३० टन ४ क्वीन्टल चामल खरिद गरेको छ । त्यस्तै दाल २ क्वीन्टल ९९ सय क्वीन्टल ५ केजी दाल , तेल ११ सय ९२ अलिटर , नुन १ टन २ क्वीन्टल ४३ किला र ईस्मा मै फलाईएको आलु ५ टन एक क्वीन्टल ८४ किलो र साबुन २ हजार २१ वटा खरिद गरेको अन्यत्र दाल सम्म दिएकोमा ईस्माले तरकारी समेत उपलब्ध गराउन स्थानीय आलु खरिद गरेर वितरण गरेको गाउँपालिका उपाध्यक्ष विमला खत्रीले बताईन् ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण महतका अनुसार पहिलो चरणको उक्त राहत सामग्री ३ लाखमा खरिद गरिएको हो । जिल्लामा पहिलो पटक धुर्कोट गाउँपालिकाले ५० लाख राशीको राहत कोष खडा गरेको थियो । शनिवार रेसुङ्गा नगरपालिकाले पनि करिव ६५ लाखको राहत कोष स्थापना गरेको थियो । लगत्तै सदरमुकाम तम्घासका अगुवा समाज सेवी नन्दराम भुसालले त्यस कोषमा एक लाख रकम सहयोग गरेका छन् । धुर्कोट गाउँपालिकाको कोषममा पनि देश विदेशबाट ५ लाख सहयोग आई सकेको गाउँपालिका प्रमुख भुपाल पोखरेलले जानकारी दिएका छन् ।
रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसाल पनि सबै संग सहयोगको अपिल गरेका छन् । ईस्मा गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले पनि सबै संग सहयोगको अपिल गरेका छन ।
तस्वीर- ईस्मा गाउपालिकाका अध्यक्ष एवं उपाध्यक्ष ।