शेखर थापा, बरेङ २०७७ बैशाख १ । बरेङ गाँउपालिकामा कोरोना संक्रमण जोखिम न्युनीकरण गर्न बरेङ गाँउपालिका कोरोना भाईरस रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति गठन गरिएको छ ।
जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङगानाको प्रमुख आतिथ्यतामा आईतवार बसेको भेलाले २१ सदस्यीय समिति सर्बसम्मत गठन गरेको हो ।
बरेङ गाँउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माको संयोजकत्वमा आईतवार गठित २१ सदस्यीय समितिमा प्रमुख प्रशासकीय अधिकृत रमेश थापा सदस्य सचिब तथा सदस्यहरुमा उपाध्यक्ष डिल कुमारी पु्न, राष्ट्रिय जनमोर्चा, नेपाली काँगेस, राप्रपा, र नेकपाको तर्फबाट १÷१ जना प्रमुख तथा प्रतिनिधि, उद्योग बाणिज्यबाट एक, प्रधानाध्यापकहरुको तर्फबाट २, वडा अध्यक्ष ५, पत्रकार महासंघबाट १, स्वास्थ्य शाखा प्रमुख, सुरक्षा प्रमुख, बन तथा बाताबरण समिति संयोजक, रेडक्रस प्रतिनिधि तथा बैंक तथा बित्तिय प्रतिनिधि १ रहेका छन् ।
्भेला पश्चात आइतवारनै समितिको पहिलो बैठक सम्पन्न भएको छ । बैठकले नब बर्ष २०७७ सालको शुभकामना आदान प्रदान गर्दै कोरोना संक्रमण रोकथामका लागी विविध निर्णय गरेको छ ।