बागलुङ २०७७ बैशाख १ । बागलुङ जिल्लामा गत बिहिबार देखि कोरोना (कोभिड १९) को र्यापिड डाइगोनोस्टिक टेष्ट जारी छ । जिल्लाका विभिन्न पालिकाहरुमा भारत लगायत अन्य मुलुकहबाट आएका व्यक्तिहरुको अहिले सम्म गरिएको परीक्षणमा एक जनालाई छोडेर सबैको रिपोर्ट नेगेटिव आएको छ । काठेखोला गाउपालिका ६ बिहुँ ईनारपानीकी ६५ वर्षिया महिलाको परीक्षण रिपोर्ट पोजेटिव आएपछी उनको विस्तृत जाँचका लागी काठमाडौ या पोखरा नमुना पठाईने भएको छ । कोरोना भाइरस (कोभिड–१९) को आशंका गरिएकी निज महिलालाई जिल्ला प्रहरी कार्यालय बागलुङको टोलीले घरबाट उद्धार गरी क्वारेन्टाईनमा राखिएको छ । निज महिलाको रिपोर्ट प्राप्त भएपछी मात्र कोरोना संक्रमण भए नभएको एकीन हुने जानकारी दिईएको छ ।
भारतको तीर्थाटनबाट फर्केकी ६५ वर्षिया महिलाको आरटीडी टेस्टको रिपोर्ट पोजेटिव !
बागलुङ नगरपालिकाका वडा नं ३ र ४ का एकएक जना गरी दुईजना महिलाहरुको स्वाब परीक्षणमा पोजेटिव रिपोर्ट आएपछी उनिहरुको धौलागिरी अस्पतालमा आईसोलेसन कक्षमा राखी उपचार भैरहेको अवस्थामा बिहुँ ईनारपानीकी ६५ वर्षिया महिलाको र्यापिड डाइगोनोस्टिक टेष्ट को रिपोर्ट नेगेटिव आएपछी जिल्लामा कोरोना संक्रमणको सन्त्रास बढेको पाईएको छ । जिल्लावासीहरु यसबाट नआत्तिएर सयम र धैर्यका साथ लकडाउनको पूर्णपालना गर्न आवश्यक छ ।
अहिले विहान ६ बजेको पछिल्लो तथ्याङ्क अनुसार कोरोना भाईरसबाट विश्वमा संक्रमितको संख्या १८ लाख ५१ हजार ७ सय ३४ पुगेको छ भने मृत्यु हुनेको संख्या १ लाख १४ हजार १७९ रहेको छ । संक्रमित एवं मृत्यु हुनेहरुको संख्या सर्वाधिक अमेरिकाकै रहेको छ । तथ्यांक अनुसार अमेरिकामा संक्रमितको संख्या ५,६०,४०२ रहेको छ भने मृत्यु हुनेहरुको पनि अमेरिकाकै २२,१०५ रहेको छ ।
श्रोत-Worldometers