Sorry, that menu does not exist.
 

बडीगाड गाउँपालिकामा लकडाउनमा कडाई : एक टोलबाट अर्कोटोलमा गए पक्राउ !

कमल पौडेल, खर्बाङ २०७७ बैशाख १ । बडीगाड गाउँपालिकाले लकडाउनलाई थप कडाइ गर्ने निर्णय गरेको छ । बागलुङमा थप संक्रमणको संभावना देखिएपछि नागरिक जोगाउन थप कडाइ गर्नुपर्ने अवस्था आएकोले यस्तो निर्णय गरिएको सुचना अधिकारी थम्मन बहादुर रेश्मीले बताए ।

शनिवार बडीगाड भित्रका सुरक्षा निकाय सहितको छलफल समेत भएको र आईतवार बडीगाडका संवेदनशील नाकामा प्रत्येक ८÷८ घण्टे ड््यूटी सहित स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको छ । नाकामा रहेका पुलहरुमा व्यारेल राखेर चाँबी लगाउने, अत्यावश्यक वाहेक कुनैपनि सवारी साधन चल्न नदिने, कुनैपनि व्यक्ति अत्यावश्यक वाहेक कुनैपनि वाहनामा एक टोलवाट अर्को टोलमा जान प्रतिवन्ध लगाउने र त्यसको प्रभावकारी अनुगमन गर्ने निर्णय गरेको छ । बडीगाड गाउँपालिका वडा नं. २ को जिमी दमार वाट आफन्त भेट्न मालिका गाउँपालिका गुल्मी पुगेका २ जनालाइ प्रहरीले नियन्त्रणमा, बडीगाड गाउपालिकामा वुझाएको छ ।

विगतमा केहि नरम वनेको प्रहरी प्रशासनलाई थप जिम्मेवार भएर लाग्न र स्थानिय आफैपनि सजक हुनुपर्ने भएकोले कोहिपनि आफ्नो गाउँटोलमा आए तत्कालै नियन्त्रणमा लिइ प्रहरीकहाँ खवर गर्न गाउँपालिकाले आग्रह गरेको छ ।

नयाँवर्षको अवसरमा शुभकामना दिँदै गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजाले नयाँ वर्षले शान्ति ल्याउने, आम नागरिकलाई रोग प्रतिरोधात्मक क्षमताको विकास गर्न सहयोग पुर्याउने कामना गर्दै सवै नागरिकलाई सामाजिक दुरी कायम राख्न आह्वान गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !