मित्रलाल खरेल, बागलुङ २०७७ बैशाख १ । गल्कोट नगरपालिका वडा नं ११ रिघामा भारत लगायत अन्य मुलुकहबाट आएका १९ जनाको कोरोना भार्इरस ९कोभिड–१९० को र्यापिड टेष्ट गरिएको छ । रिघा स्वास्थ्य चौकीमा गरिएको टेष्टमा सबैको रिपोर्ट नेगेटिव आएको छ ।
यस अघि हिँजो गल्कोट नगरपालिका ३ हटियामा १०९ जनाको र्यापिड टेष्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिव आएको थियो ।
र्यापिड टेष्ट सम्पन्न भएपछी गल्कोट नगरपालिकाकी उपप्रमुख रेणुका काउचा मगरले हाम्रा सहकर्मीसंग कुरा गर्दै नगरपालिका भित्र गरिएको टेष्टमा सबैको रिपोर्ट नेगेटिव आएकोमा खुशी व्यक्त गरेकी छन् ।