बागलुङ २०७७ बैशाख १ । हिँजो काठेखोला गाउपालिकामा गरिएको र्यापिड टेष्टमा पोजेटिव देखिएर क्वारेन्टाईन गरिएकी ६५ वर्षिया पार्वती कँडेल सहित उनको छाेराकाे थ्रोट स्वाब परीक्षण रिपोर्ट नेगेटिव आएको छ । यसले के पुष्टी गरेको छ भने र्यापिड टेष्टको रिपोर्टमा अक्षरश विश्वास गर्ने अवस्था रहेन । जिल्लावासीलाई आतंकित बनाउने काम मात्र भयो ।
जिल्लाव्यापीरुपमा झण्डै ९ सयको हाराहारीमा गरिएको र्यापिड टेष्टको रिपोर्टमा विश्वास गरेर ढुक्क हुने अवस्था देखिएन । यसमा जनप्रतिनिधी एवं सरोकारवालाहरुले बेलैमा सोँच्नु जरुरी छ ।