Sorry, that menu does not exist.
 

सीवाईसीको योजना तर्जुमा गोष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सुरु

सुमन जि.सी बागलुङ २०७४ बैशाख १० । चारतारे युवा क्लव सिवाईसी नेपालले सञ्चालन गरीरहेको लघुवित्त कार्यक्रम अन्तर्गत कार्यक्रमको गुणस्तर वृद्वी गर्ने, कार्यक्रम मार्फत वित्तीय सेवाको पहुँच नपुगेको ठाउँहरुमा वित्तीय सेवाको पहुँच वृद्घी गर्ने, स्थानीय स्तरमा उठेका सवालहरुलाई संस्थाको केन्द्रीय तहसम्म चरणवद्घ उठान गर्ने, सदस्यहरुलाई वित्तीय रुपमा साक्षर बनाउने, कार्यक्रम मार्फत संस्थाको सेवा सुविधाहरुको बारेमा जानकारी दिई सदस्यहरुको नेतृत्व तथा क्षमता विकास गर्ने तथा कार्यक्रममा उठेका सवालहरुलाई संस्थाको आगामी आ.व. को वार्षिक कार्यक्रम, नीति तथा बजेटमा समावेश गरी संस्था सञ्चालन प्रकृया सदस्यहरुको भावना अनुसारको गराउने उद्देश्यले शाखा स्तरीय योजना तर्जुमा गोष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम “हाम्रो प्रतिवद्धता, लघुवित्तमा शुद्धता” भन्ने मूल नाराका साथ शनिवारदेखि बागलुङ बजारबाट सुरुवात भएको छ ।

संस्थाका विभिन्न १९ वटा शाखा कार्यालयहरु मध्ये बागलुङ, कुश्मिसेरा, बेलवगर र अक्षते शाखाका संस्थाद्धारा गठित साविकका गाविस तथा न.पा. स्तरीय सञ्जालका निर्देशक, उपनिर्देशक र प्रवक्ताहरुको उपस्थिती रहेको कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतीथी संस्थाका सल्लाहाकार समाजसेवी देववहादुर श्रेष्ठले सिवाईसी लघुवित्त कार्यक्रमले विशेष गरेर महिलाहरुको आर्थिक तथा सामाजिक स्तर माथि उठाउन तथा पैसामा महिलाहरुको पहुँच पु¥याउने काममा उल्लेख्य भूमीका खेलेको बताए । श्रेष्ठले उपस्थित महिला दिदीवहीनीहरुलाई सम्वोधन गर्दै वर्तमान अवस्थामा केही महिलाहरुले अधिकारको कुरा गर्ने क्रममा आफ्नो कर्तव्यलाई भुल्दै गईरहेकाले सबैलाई अधिकार र कर्तव्यलाई संगसंगै अगाडि वढाउन आग्रह समेत गरेका थिए । कार्यक्रममा सिवाईसी नेपालका कार्यसमिति सदस्य रेशमवहादुर खत्री, संस्थाको बागलुङ शाखाको तर्फवाट बा.न.पा. ९ तित्याङका निर्देशक जमुना श्रीस, कुश्मिसेरा शाखको तर्फवाट जैमीनी न.पा. ७ अर्जैवाका निर्देशक उमा श्रीस, अक्षते शाखको तर्फवाट काठेखोला गाउँपालीका वडा नं. ७ रेशका निर्देशक उजेली शर्मा र बेलवगर शाखाको तर्फवाट जैमीनी न.पा. ८ छिस्तीका निर्देशक मिना क्षेत्रीले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमा लघुवित्त कार्यक्रममा पछिल्लो समयमा देखीएका समस्या तथा कमजोरी र यसको समाधानका लागि सदस्यहरुले गर्नुपर्ने तथा थाहा पाउनुपर्ने विषयहरुमा संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेल र संस्थाले उपलब्ध गराउर्दै आईरहेको सेवा तथा सुविधाहरुको बारेमा संस्थाका प्रवन्धक संगिता शर्मा पौडेल र सिनीयर आन्तरीक लेखा परीक्षण अधिकृत मुक्तिप्रसाद शर्माले सहजिकरण गरेका थिए ।

कार्यक्रमकै अवसरमा लघुवित्त कार्यक्रम मार्फत महिलाहरुको शशक्तिकरण र आय आर्जनमा उल्लेख्य कार्य गरी वार्षिक केन्द्र मूल्याङ्कनवाट शाखा स्तरमा उत्कृष्ठ हुने केन्द्रहरु बागलुङ शाखाको तर्फवाट दलीत शशक्तिकरण आत्मनिर्भर महिला केन्द्र, बराह आत्मनिर्भर महिला केन्द्र, सरस्वती आत्मनिर्भर महिला केन्द्र, कुश्मिसेरा शाखाको तर्फवाट शान्ति आत्मनिर्भर महिला केन्द्र, एकता आत्मनिर्भर महिला केन्द्र, सृष्टि आत्मनिर्भर महिला केन्द्र, बेलवगर शाखको तर्फवाट हरियाली आत्मनिर्भर महिला केन्द्र, सिर्जनशिल आत्मनिर्भर महिला केन्द्र, जुनतारा आत्मनिर्भर महिला केन्द्र र अक्षते शाखाको तर्फवाट प्रगती आत्मनिर्भर महिला केन्द्र, हरियाली आत्मनिर्भर महिला केन्द्र र लीसेपानी आत्मनिर्भर महिला केन्द्रले क्रमश प्रथम, द्धितीय र तृतीय स्थान हाँसील गरेकोमा नगद र प्रमाण–पत्रले पुरस्कृत गरिएको थियो । सोही अवसरमा संस्थाले समुदायमा सिवाईसी कार्यक्रम अन्तर्गत समुदायमा रहेका स–सान स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै अकालमा कसैको पनी ज्यान जान नपरोस भन्ने उद्देश्यले केन्द्रको तर्फवाट रु ५ हजार र संस्थाले रु ५ हजार प्रदान गर्ने गरी बागलुङ शाखा अन्तर्गतका बराहथान आत्मनिर्भर महिला केन्द्र मालीका, काभ्रेडाँडा आत्मनिर्भर महिला केन्द्र भकुण्डे, त्रिवेणी आत्मनिर्भर महिला केन्द्र सिगाना र दलीत शशक्तिकरण आत्मनिर्भर महिला केन्द्र तित्याङमा आकस्मीक कोषको स्थापना गर्नका लागि संस्थाको तर्फवाट रकम हस्तान्तरण गरेको छ भने बागलुङ शाखा अन्तर्गत नै बराहथान आत्मनिर्भर महिला केन्द्र मालीका, पैयुपाटा आत्मनिर्भर महिला केन्द्र बा.न.पा.–१२, भिमसेन आत्मनिर्भर महिला केन्द्र बा.न.पा.–१४ नारायणस्थान र कुश्मिसेरा शाखा अन्तर्गतका २ वटा केन्द्रलाई दिने गरी कुश्मिसेरा शाखालाई १÷१ थान स्टेचर हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा वाढि पहिरो तथा दैवी विपत्तीवाट क्षती भएको ठाउँमा तत्काल राहत उपलब्ध गराउने हेतुले संस्थाको स्थापनाकाल देखिनै सञ्चालनमा रहेको मुष्ठिदान कार्यक्रमलाई निरन्तर दिन संस्थामा कार्यरत कर्मचारीहरु तर्फवाट वार्षिक १ दिनको तलव र लघुवित्त कार्यक्रमका सदस्यहरुले आफ्नो ईचछानुसार अन्न तथा सहयोग रकम प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । यो कार्यक्रमका लागि संस्थाले छुट्टै स्वंसेवी कार्यदल गठन गरिसकेको र त्यस मार्फत तत्काल राहतका कार्यक्रमहरु सञ्चालनमा ल्याईने र सम्वद्ध सबैलाई सहयोग गर्न अध्यक्ष पौडेलले आग्रह समेत गरेका थिए ।

४ वटा शाखाका १०३ जनाको उपस्थिीती रहेको कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष पौडेलले गरका थिए भने स्वागत तथा संस्थाको प्रगतीको बारेमा जानकारी प्रवन्धक संगिता शर्मा पौडेलेको र सञ्चालन सचिव विरवहादुर किसानले गरेका थियो । कार्यक्रम विभिन्न ५ ठाउँमा गरी बैशाख १५ गतेसम्म सञ्चालन हुने संस्थाले जानकारी दिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply