Sorry, that menu does not exist.
 

बैदेशिक रोजगारीमा गएकाहरुको सहयोगबाट सडक र पुल पुनर्निर्माण गरिदै !

थम्मन थापा सन्देश, गल्कोट २०७४ वैशाख १० । गत वर्ष परेको अविरल वर्षाका कारण मल्मको हुलुवा खोलामा आएको बाढीले बगाएको बाटो र झोलुङ्गे पुलको पुनर्निर्माणमा स्थानीय युवा जुटेका छन । गत वर्ष जेठ ३१, भदौ २१ र असोज १ गते को बाढी र पहिरोले बागलुङ बुर्तिबाङ गोरेटो बाटो अन्तर्गत आगाखेत बामिया जोडने झोलुङ्गे पुल सँगै २५ मिटर बाटो बगाए पछि आवतजावत पूर्ण रुपमा बन्द भएको थियो भने बाढीले स्थानीय दीपज्योति आधारभूत विद्यालय मल्म बागलुङको पश्चिमी भागमा २०० मिटर कटान गरेको थियो । पुनर्निर्माणका लागि गाविस, जिविस, सासद विकास कोष कतै बाट सहयोग नभए पछि स्थानीय गैरसरकारी संस्था न्यू नव ज्योति युवा क्लबले देश विदेशमा सहयोगका लागि अपिल गरेको हो ।

पुनर्निर्माणका लागि पहिलो चरणमा गरिएको अभियानमा देशविदेशबाट रु २ लाख १५ हजार, दोस्रो चरणमा स्थानीय बाट रु ६० हजार संकलन भए पनि काम सम्पन्न हुन नसकेकोले तेस्रो चरणको सहयोग अभियान सञ्चालन गरिएको र तेस्रो चरणको अभियानमा देशविदेशबाट हालसम्म रु १ लाख ५० हजार संकलन भएको नव ज्योति युवा क्लबका अध्यक्ष होम वहादुर थापाले बताए ।

पछिल्लो पटक सहयोग गर्ने हरूमा जापानमा कार्यरत यम बहादुर थापा, ईश्वर खत्रीबाट ११।११ हजार, पुनम साहनी, कृष्ण केसी, भुवन खत्री, हरि पौडेल, प्रेम साहनी, जीवन थापा बाटो १०।१० हजार, सुरेन्द्र केसी बाट ७ हजार, शिव थापा बाट ६ हजार ५ सय,तुलवीर थापा, प्रितम केसी, आनन्द थापा र नविन थापा बाट ५।५ हजार सहयोग गरेका छन ।

वर्षा याम सुरु नहुदै बाटो पुनर्निर्माण र झोलुङ्गे पुलको पुनर्स्थापना गर्नका लागि आवश्यक सहयोग गर्न क्लब र विद्यालयले सरोकारवालाहरुलाई आग्रह गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply