Sorry, that menu does not exist.
 

… अनि कसरी हुन्छ, लकडाउन सफल ?

बागलुङ २०७७ बैशाख ३ । विश्वमा कोरोना संक्रमितको संख्या बढ्दो छ । पछिल्लो तथ्याङ्का अनुसार विश्वमा संक्रमितको संख्या २० लाख नाघेको छ भने मृत्यु हुनेको संख्या १ लाख २६ हजार भन्दा बढी छ । नेपालमा पनि कोरोना संक्रमितको संख्या दिनपरदिन थपिदै गएको छ । यस भयावह संक्रमणलाई फैलिन नदिन एकमात्र कारगार उपाय लकडाउन मानिएको छ । अहिले नेपाल लगायत विश्वका प्राय सबै मुलुकमा लकडाउन जारी छ ।

नेपालमा कोराना संक्रमितको संख्या १६ पुगेको छ । संक्रमणलाई भयावह हुन नदिन सरकारले लकडाउनलाई जारी राख्दै बैशाख १५ गते सम्म समय बढाएको छ भने राजधानी काठमाडौँमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछी यसको कार्यान्वयनमा सख्ती अपनाएको छ ।

बागलुङका दुई जना महिलामा कोरोना संक्रमण पुष्टी भएपछी बागलुङलाई जोखिम युक्त क्षेत्रको रुपमा लिईएको छ । जिल्लावासी कोरोना भाईरसको सन्त्रासमा छन् । रोजगारीका लागी भारत लगायत विश्वका विभिन्न मुलुकहरुमा गएका थुप्रै जिल्लावासी जिल्ला फर्किएका छन् । उनिहरुमा कोरोनाको संक्रमणको खतरा भएपछी -यापिड टेस्ट गरिएको छ । एक स्थानीयतह देखी अर्कोमा प्रवेश निषेध मात्र होईन एकटोल बाट अर्को टोल आवत जावतमा कडाई गरिएको छ ।

जिल्ला सुरक्षा समिति, जिल्ला कमाण्ड पोष्टका पदाधिकारीहरु जिल्लाका नगर एवं गाउँपालिकाहरुमा पुगेर लकडाउनको पालना बारे जनप्रतिनिधीहरुसंंग छलफल बिचार विमर्श गरेर सदरमुकाम फर्की नसक्दै सयौँ जनतालाई भेला गराई सामाजिक सुरक्षा भत्ता वितरण गरेर दानवीर बन्न खोजिएको छ । यो ढोरपाटन नगरपालिका बोवाङको घटना हो ।

लकडाउन कार्यान्वयन गर्न प्रहरी कडारुपमा प्रस्तुत हुने गरेको छ । बागलुङ बजारमा लकडाउनको पालना नगर्नेहरुलाई प्रहरीले भ्यानमा राख्दै लैजादै गरेको छ । गल्कोट नरेठाँटीमा हिँडेका ४ जनालाई लकडाउन उल्लंघन गरेको आरोपमा प्रहरीले कान समातेर उठवस गराएर छोडेको छ । तर ढोरपाटन नगरपालिकाको बोवाङमा प्रहरी चौकीकै अगाडी रहेको बिद्यालय कम्पाउण्डमा दुई वडाहरुका करीव तीन सयजनालाई भेला गराई सामाजिक सुरक्षा भत्ता वितरण गरेको दृश्य स्थानीय युवाहरुले पचाउन सकेका छैनन् । आफ्नो फेसबुकवालमा यस घटनाको चलदृश्य सहित नाराजगी व्यक्त गरेका छन् । सदरमुकाममा मात्र नभएर जिल्लाको सुदूर क्षेत्रमापनि प्रहरीको सशक्त कार्बाही आवश्यक छ ।

सरकारी रकम बाँडेर दानवीर बन्नेहरुको चर्तिकलाले कोरोना संक्रमणलाई निम्ताई रहेको सन्त्रास स्थानीयवासीमा छ । चार जना बाटो हिँडे कान समाएर उठबस, सयौँ जनता भेला गराई दानवीर बन्नेलाई सलाम ! अनि कसरी हुन्छ, लकडाउन सफल ? लकडाउनको बर्खिलाफ गर्नेलाई कार्बाही जरुरी छ ।

चलदृश्य- कुशल कुमार ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !