Sorry, that menu does not exist.
 

लकडाउनका कारण मध्यपहाडी लोकमार्ग बुर्तिवाङ सेराघाट मोटरेवल पुलको निर्माण प्रभावित !

छविलाल पाण्डे, बुर्तिवाँ २०७७ बैसाख ३ । मध्यपहाडी लोकमार्ग अन्र्तगत ढोरपाटन नगरपालिका २ मा पर्ने निर्माणाधीन सेराघाट मोटरेवल पुल निर्माण कार्य लकडाउनका कारण प्रभावित बनेको छ । जेठ मसान्त सम्म निर्माण सक्ने लक्ष्यका साथ धमाधम निर्माण सुरु भएको उक्त पुल लकडाउनका कारण काम रोकिएपछि निर्माण कार्य ठप्प बनेको हो ।

बैशाख मसान्त सम्म ढलान सक्ने र जेठ मसान्त सम्म सटिङ खोल्ने निर्माण कम्पनीको तयारी रहेपनी करिब एक महिना काम गर्न नपाउँदा पुलमा लगाइएको सटिङ बाढीले बगाउने र पुल ढलानको काम समेत प्रभावित हुने अवस्था रहेको निर्माण कम्पनी दिवा निर्माण सेवाका साइड इन्चार्ज सुरेश बजगाँईले ईबागलुङलाई बताए ।

२०७४ साल माघ महिनादेखि ढोरपाटन १ को बुर्तिबाङ लक्ष्मकुण्ड घाट पुल र २ को मध्यपहाडी लोकमार्ग अन्र्तगत पर्ने सेरा घाट पुलको एकैपटक निर्माण सुरु गरेको दिवा कम्पनीले लक्ष्मीकुण्ड पुल निर्माण सम्पन्न भएसँगै गत पुस महिनादेखि सवारीका साधन चल्न सुरु गरेका छन् ।

यस आर्थिक बर्षमा निर्माण सक्ने लक्ष्य सहित काम भइरहेको उक्त सेराघाट पुलको ढलानको निम्ती अन्तिम चरणको काम भइरहेको अवस्थामा कोरोना भइरसले पारेको प्रभाब नेपाल लकडाउनका कारण निरन्तर काम हुन नसकेकका कारण पुल बाढीको जोखिममा पर्ने देखिएको बजगाँइको भनाई छ । ४० मिटर लामो उक्त पुलको दुबै भागमा पिल्लर निर्माण, साईडमा ग्याविन पर्खाल निर्माण सम्पन्न भई ढलानको काम बाँकी रहेको छ ।

अब बैसाख १५ अगाडी निर्माणको काम सुरु नभएमा पुल यसबर्ष नबन्ने निश्चित भएको स्थानियको भनाइ छ । पुल निर्माण गर्दैगर्दा साईडबाट नदी कटान गरिएको छ केहि दिन देखि परेको निरन्तरको बर्षातका कारण पुल जोखिममा परेको स्थानियको भनाई छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !