Sorry, that menu does not exist.
 

नगरप्रमुख नेपालीले मुख खोले : समयमै जानकारी गराएको भए हेलिकप्टर मगाएर भएपनि उपचार गराउथे !

बुर्तिवाङ २०७७ बैशाख ४ । ढोरपाटन नगपालिकाका नगरप्रमुख देवकुमार नेपालीले ढोरपाटन नगरपालिकाकी ३३ बर्षिया महिलाको मृत्युको बिषयमा आफ्नो नाम जोडेर आएको समाचारमा कुनै सत्यता नरहेको बताउदै बिरामीको बिषयमा आफुलाई केहि पनि जानकारी नभएको र समाचार हेरेर मात्रै थाहा पाएको बताएका छन ।

विभिन्न संचारमाध्यमले वास्तविकता नबुझी आफुलाई जिम्मेवार ठह-याएर समाचार प्रकाशन/प्रसारण गरेकोप्रति खेद प्रकट गर्दै ‘समयमै मलाई जानकारी गराएको भए मैले हेलिकप्टर मगाएर भएपनि उपचार गराउथे। तर मलाई थाहा नै भएन । समाचार पढेर झसंग भए।’ उनले भने-‘गर्भवती महिलाको ज्यान जानु दु:खद घटना हो । म अत्यन्तै दुःखी छु।’

नगरप्रमुख नेपालीले प्राथमिक स्वास्थ्य केन्द्रमा पटक पटक बैठक नै राखेर एम्बुलेन्स ल्याउन निर्देशन दिइसकेको जानकारी दिए । एम्वुलेन्स ल्याउने प्रकियामा रहेको बताउदै अब छिट्टै एम्बुलेन्सको सुबिधा दिने प्रतिबद्धता समेत जनाएका छन् । आफ्नो स्वार्थ भन्दा माथि उठेर स्वच्छ मनले ढोरपाटनबासीको लागि हर्दम काम गर्दै आएको उनको भनाई छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !