Sorry, that menu does not exist.
 

रिघामा कोरोना सम्बन्धि सर्बपक्षीय भेला सम्पन्न, हाल सम्म २ सय जनालाई राहात वितरण !

अनिष पाठक, गल्कोट २०७७ बैशाख ५ । गल्कोट नगरपालिका वडा नंं. ११ रिघामा कोरोना नियन्त्रण तथा बिपत ब्याबस्थापन सम्बन्धि सर्बदलीय सर्बपक्षीय भेला सम्पन्न भएको छ । वडा कार्यालयको आयोजनामा सम्पन्न भेलमा कोरोनाको रोकथाम तथा जारी लकडाउनको विषयमा समिक्षा गर्नुका साथै हालसम्म वडामा भएका कामको विषयमा वडा अध्यक्ष डम्बर बहादुर श्रीसले जानकारी गराएका थिय ।

अबको लकडाउनलाई थप प्रभावकारी बनाउने, भारत लगाएत अन्य मुलुकबाट आउनेको तथ्याङ राख्न र वडाका सिमा नाकामा कडाई गर्न स्वयंसेवक परिचालन गर्ने, छिछिम्रा प्रावि र मनेवा आधारभुत विद्यालयमागरी १० शैयाको क्वारेन्टाईन निमार्ण गर्ने लगाएतका निर्णय गरिएको वडा अध्यक्ष श्रीसले बताए ।

एक टोलबाट अर्को टोलमा अत्यावश्यक काम बाहेक जान रोक लगाउने, अत्यावश्क काम परे र हिडडुल गर्ने परे वडा कार्यलयमा जानकारी गराउने, सामुहिक रुपमा भीडभाड नगर्न आग्रह गर्ने, समेत निर्णय गरिएको छ ।

वडा कार्यलयले लकडाउनका कारण विपन्न परिवारलाई खाद्यान्न समस्या परेको भन्दै २ सय जनालाई राहात वितरण गरेको समेत सोहि अबसरमा जानकारी गराएको छ । वडा अध्यक्ष श्रीसले दिएको जानकारी अनुशार अहिले खास गरिब विपन्न परिवारको तथ्याङ्क संकलन गरि थप राहत वितरणको लागि पनि योजना बनाएको बताए। उनले राहात वितरण संगै वडामा खाद्यान्न संकट नहोस भन्नको लागि स्थानिय पसल संचालकसंग पनि समन्वय भइ रहेको जानकारी दिए ।

गल्कोट नगरपालिकाकी उपप्रमुख रेनुका काउचा, पुर्व गाविस अध्यक्ष होम बहादुर श्रीस, पुर्व गाविस उपाध्यक्ष गंगा भुजेल, विभिन्न पार्टीका प्रतिनिधि, वडा प्रतिनिधि, स्वास्थ्य चौकीका प्रतिनिधिहरुको उपस्थिति रहेको भेलामा लकडाउन थप कडाई गर्न वडामा रहेका विभिन्न समुहहरुलाइ परिचालन गर्ने समेत बताइएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !