प्रेम सुनार, गुल्मी, २०७७ बैशाख ६ । बागलुङ र गुल्मीको सीमाना देखि १५ जना कामदारहरु गुल्मीको सदरमुकाम तम्घासमा तीन घण्टाको बाटो हिडेर शनिवार विहान आई पुगेका छन् । वरेङ्को देउराली भन्ने स्थानमा सडक मर्मतको काम गर्ने उनीहरुको ठेकेदार घरतिर गए पछि भोकै बस्ने अवस्थामा पुगेर आफ्नो घर बाँकेको कोहलपुर नगरपालिका वडा नम्वर १२ मा हिडेर जान लागेको उनीहरुले बताए ।
१५ जना मध्ये एउटी महिला छन् । खुट्टा खच्चाउँदै सदरमुकाम तम्घास आई पुगेकी धनिश्वरा बिक सहितको टोली गएराति रेसुङ्काको जंगलमा चिसोमा कठांग्रिदै बसेको बताए । तीन दिन भयो हिडेर आएको सबै जना भोकै छौं उनका श्रीमान अजय बिकले भने जिन्दगीमा यस्तो दुख त कहिल्यै पाईएको थिएन् ।
आफुहरुलाई रामेछाप घर हुने काशीराम खड्का ठेकेदारले मंसिर महिनामा बोलाएर आफुहरु काममा गएको बताउँदै भने उहाँ एक महिना अघि घर गए पछि हामीहरु अलपत्र परेका हौं । उनीहरुलाई रेसुङ्खा नगरपालिकाले आज विहानको खान ब्यवस्था गरि अब केहि बेर पछि गाडीमा गुल्मीको सिमना कटाएर पठाउँदै छ ।
वडा नम्वर ८ का वडाध्यक्ष भरत भलामीले थाकेर आएका ती मजदुरहरुलाई हिडेर पठाउन नहुने आग्रह मेयर डिल्लीराज भुसाल संग गरेपछि मेयर भुसालले गाडी खोजेर पठाउन सुझाव दिदै थिए ।
वडाध्यक्ष भलामीले दाङ्ख सम्म गाडीमा पठाउने तर त्यहाँ देखि उता बाँकेको सिडियोले यता नपठाउनुस भनेर भने पछि समस्या आएको बताउँदै थिए । उपमेयर सिता भण्डारीले उनीहरुलाई पानी र ब्यक्तिगत रुपमा खाजा खर्च समेत दिएकी छन् । त्यस लगत्तै शुक्रबार साँझपख सोही स्थानमा काम गर्ने उनीहरुका ८ जना साथीहरु हिडेर तम्घास आए । उनकीहरुको अवस्था बुझेर नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) का जिल्ला कमिटी कार्यालय सदस्य कृष्ण सुनारले उनीहरुको उद्धारका लागि पहल गरे ।
प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा र रेसुङ्घा नगरपालिकाका मेयर डिल्लीराज भुसाल संग समन्वय गरि उनीहरुलाई महेन्द्र नमुना माविको क्वारेन्टाईनमा राखी होटलमा खानको ब्यवस्था मिलाए । शनिवार उनीहरुलाई बाँके तर्फ पठाउने बिषयामा छलफल भई रहेको नेता सुनारले जानकारी दिए ।
गण्डकी प्रदेश र ५ नम्वर प्रदेशको भित्री गोरेटो बाटो गुल्मी भएकोले दैनिक जसो कामदारहरुको आवत जावत हुने र रेसुङ्खा नगरपालिकाले खान बस्नको ब्यवस्थ गर्ने गरेको छ । प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा स्थानीय सरकार संग समन्वय गर्दै उद्धार कार्यमा जुटेका छन् ।