Sorry, that menu does not exist.
 

बैदारको ५ सय मुरी धानबाली–रज्जागज्जा हवेली, अहिले खाली !

प्रेम सुनार, गुल्मी २०७७ बैशाख ६ । कोरोना भाईरस बिरुद्ध सरकारको लकडाउनका कारण यति बेला गुल्मीको ईस्मा गाउँपालिकाले स्थानीय उत्पादन कोदो मकै किनेर रातह दिदा गरिव मजदुरहरुको अपमान हुने ठहर गर्दै मधेशका चामल खरिद गरेर बाँड्दै छ ।

तर त्यही गाउँमा धान मात्रै ५ सय मुरी उब्जेनी हुने परिवारका मुली मान्छेलाई भने त्यति धैर धान स्याहरेर के काम ? सुगर विमारका कारण भात नै खान हुँदैन् । ती हुन साविक ईस्मा राज्यमा राजा सरह मानिएका ईश्वरीप्रसाद रिजालका कान्छा छोरा रामचन्द्र रिजाल ।

अहिले ८० बर्षको उमेरमा पाईला टेकेका रिजालले भने–‘ सुगरको विमारी छु । ईन्जेक्सन नलगाए सम्म भात खान हुँदैन , कोदोको ढिडो खान पाउँदा हाम्रो परिवारमा दशै आए जस्तो हुन्छ ।’
यता ईस्मा गाउँपालिका अध्यक्ष लक्ष्मण बिष्ट भन्छन –‘ यो ईस्मा गाउँपालिका धान , मकै र कोदो उत्पादनको भण्डार मानिदै आएको थलो हो । मैले यहिको कोदो मकै खरिद गरि राहत दिउँ भनेर प्रस्ताव राख्दा म अल्पमतमा परें । अन्य सबै जनप्रतिनिधीहरुले कोदो मकै राहत बाँड्दा जनताले अपमान महशुस गर्छन भनेर मधेशका चामल किनेर बाँडौं भनेर जोड गरे ।’ त्यस गाउँपालिका सहित विभिन्न पालिकाहरुले मधेसबाट खरिद गरेर बाँढेको चामल निकै पुरानो र घुन लागेको हाम्रो क्याम्रामा कैद छ ।

खेत मात्रै ३ सय रोपनी

ईश्वरीप्रसाद रिजाल २०१० साल सम्म तत्कालिन पाल्पा राज्य अन्तरगर्तको अदालतका वैदार थिए । पाल्पाले गुल्मी सम्म राज गर्ने हुँदा ईस्माका बैदारसाव भने पछि साविक ईस्मा राज्य , मुसिकोट राज्य, धुर्कोट राज्य र यता गुल्मी राज्य (चारपालादरवार ) सम्मका मानिसहरु थर्कमान हुन्थे ।

२०१९ साल मै उनले बेग्ला बेग्लै १४ वटा कोठा , एउटा सभाहल सहित प्यागोडा शैलीको घर बनाएका थिए दर्लामचौरस्थि टाराफाँटको बेसी खेतमा । त्यस्तै शैलीको र त्यो भन्दा बिशाल हवेली माथी ईस्मारजस्थ स्थित बुढो घरमा पहिल्लै बनाई सकेका थिए ।

जसलाई स्थानीय
ल घर होईन हवेली भन्ने गर्दथे । जुन हवेली अहिले पनि हेरिरहँु जस्तो आकर्षक छ तर हिजो र आज मानिसहरुको आवत जावतका हिसावले सुनसान र खाली जस्तै छ ।

साविक तीन वडा पञ्चायत दर्लामचौर , दोहोली र ईस्मारजस्थल थियो ती तिन वटै पञ्चायत भित्रका खेतवारीहरुको साँध सिमना कहाँ देखि कहाँ सम्म हो भन्ने कुरा न बाबु ईश्वरीप्रसादलाई थाह हुन्थ्यो न त अहिले उहाँका दुई छोराहरु कृष्णप्रसाद र कान्छा रामचन्द्र रिजाललाई नै अहिले थाह छ –‘ईस्मा गाउँपालिका वडा नम्वर ३ का वडाध्यक्ष तोयनाथ शर्मा सापकोटाले भने –‘ अरुले भनि दिए ए हो र ? भनेर मात्रै उहाँहरुले थाह पाउँने हो ।’

उनले त्यो परिवारको टारीफाँटको खेत मात्रै करिव तीन सय रोपनी रहेको र पाँच सय मुरी सम्म त्यो परिवारले धान स्याहार्ने गरेको आफुलाई थाह भएको बताए । ‘यो परिवार उति बेलै देखि वैभवशाली परिवार हो वडाध्यक्ष सापकोटाले भने ‘ म २०३३ साल असारमा तत्कालि ईस्मारजस्थल गाउँपञ्चायतको सचिव भएर आउँदा रामचन्द्र रिजालजी प्रधानपञ्च हुुुनुहुन्थ्यो । उहाँ संग मैले ९ बर्ष सम्म संगै काम गर्ने अवसर प्राप्त गरेको थिएँ ।
उहाँका बुवा ईस्वरीप्रसाद रिजाल वडाध्यक्ष सम्म हुनु भयो तर उहाँ राजनीतिमा भन्दा कृषि पेशा मै ब्यस्त हुने गर्नु हुन्थ्यो । ’ उनले ईस्वारीप्रसादका पालामा ईस्मालीहरु कोही पनि न्याय खोज्न अदालत जानै नपर्ने स्मरण सुनाए । दैनिक मानिसहरुको त्यस घरमा भिड लाग्दथ्यो । अहिले त सुनसान छ ’–उनले भने ।

९ अंश लगाउँदा एकको भागमा सय मुरी

वडाध्यक्ष सापकोटाले रिजाल परिवारको अंश बण्ड २०६२ सालमा गरिएको बताए । मै साँछी छु २०६२ सालमा ९ अंश लगाईएको हो । खेत मात्रै एक अंशमा ३५ रोपनी परेको थियो वडाध्यक्ष सापकोटाले भने । अहिले तपाईको अंशमा कति मुरी धान फल्छन ? भन्ने प्रश्नमा रामचन्द्र रिजालले भने हामी आफैले गरेर सय मुरी जति भित्रउँछौं , अरु दश बाह्र घर कुमाल समुदायले अधिया गर्छन ।
हामीलाई धान मात्र आधा दिन्छन् । मकै गहुँ सैबै उनीहरुले गरि खाउन भनि दिएका छौं । उनले कोरोना भाईरस र लकडाउनको यो संकटमा कुनै गरिव मजदुरहरुलाई भोकै मर्न नदिने आफुकहाँ भएको अन्न बाँढेर खाने बचन दिए ।

मैले कति खान्छु र पाँच मुठी भए पुग्छ , अब सम्पत्ती थुपार्नु छैन, बाँडी चुढी खाने मिलेर बस्ने हो , उनले भने कोही खान नपाई बसेको छ भने खबर गर्नुहोस मैले मेरोमा भएको दिने छु उनले यस्तो आश्वासन दिए ।
रातको चारबजे देखि ढिंकी जाँतो

रामचन्द्र र धर्मपत्नी राधा रिजाल भन्छन अहिलेका मानिसहरु अल्छी हुँदै गए । बुवाको पालामा हाम्रा घरको गोठमा रातको चार बजे देखि कुँडो पकाउन , गोवर सोत्र गर्न , ढिकी जाँतो गर्न सुरु हुन्थ्यो । बुवा राती तिन बजे नै उठेर खेतमा कुलो लगाउन जानुहुन्थ्यो । दैनिक पन्द्र सोह्र जना कामदार हुन्थे । खेत रोप्दा धन्काउँदा पचास साठी जना दिनहुँ खटिन्थे ।

५ हल गोरु बाँधिन्थ्यो । पन्ध्र सोह्र वटा गाई र पाच सात वटा दुहुना भैसी हुन्थे । रामचन्द्र रिजाल थप्छन म २०२८ साल ईस्कमाजस्थको लगातार प्रधानपञ्च रहें । बहुदलिय ब्यवस्था पछि पनि गाविस अध्यक्षमा जनताले मलाई नै जिताए । पञ्चायतकालमा उपप्रधानपञ्च रामेश्वर अर्याल र भागिरथ भण्डारी लगायत थिए ।

गाविस अध्यक्ष म हुँदा उपाध्यक्ष लक्ष्मीप्रसाद अर्याल हुनुहुन्थ्यो । बिचमा एक पटक जुद्धबहादुर खड्का प्रधानपञ्च हुनु भयो । राजाले कु गरेपछि उहाँको कार्याकाल दुई बर्ष मात्रै रह्यो त्यस पछि पनि मै प्रधानपञ्च भएको थिएँ ।
त्यो जमाना मै स्नातक सम्मको अध्ययन

रिजालले आफ्नो जिवनको फेहरिस्ता यसरी सुनाउँ छन् –‘त्यो बेला यो गाउँमा स्कल नै थिएन । म २०१२ साल तिर तानसेन टुृढिखेलको जनता मिडिल स्कुलमा पढ्न गएको थिएँ । त्यहाँ कक्षा ३ सम्म पढेर गाउँ फर्किए ।
गाउँ फर्किए पछि अग्रेजी माध्यबाट पढाउने पाठशाला खोल्ने कुरा गर्नु भयो बुवाहरुले त्यति बेला शिक्षक पाउन गाह्रो थियो । कश्मीर घर भई नेपालमा राणजीकी छोरी बिवाह गरेर रिडीमा बसेका विजय कुमार ठकुरीलाई झिकाईयो र उहाँले हामी त्यस्तै १५ जना जतिलाई कक्षा ४ सम्म पढाउनु भयो ।

त्यस पछि पढ्नका लागि सिलाङ गएँ । त्यो त्यस्तै २०१३ सालतिरको कुरा थियो । गहाडी सेन्टर एण्ड थोनो कलेजमा बिएको परिक्षा दिएँ । फेल भए पछि २०२८ ुसालमा गाउँ फर्केर राजनीति गर्न थालेको हुँ ।’
उनले वहुदलिय ब्यस्था पछि आफु नेपाली कांग्रेसको राजनीति गर्न सुरु गरेको , दुई पटक सम्म क्षेत्रिय सभापति र दुई पटक सम्म महाधिवेशन सदस्य रहेको बताए । कांग्रेसको तर्फबाट २०४८ साल २०५६ सालको दुबै चुनावमा आफु ईस्मारजस्थलको गाविस अध्यक्ष जितेको सुनाए । उनकी श्रीमती राधा रिजाल नेपाल महिला संघको क्षेत्रिय सभापति र पार्टीको महाधिवेशन प्रतिनिधी समेत रहेको बताउँछिन् ।

११ सन्तानका बाबु आमा अहिले एक्लै

रामचन्द्र रिजालका ६ भाई छोरा र ५ बहिनी छोरी सहित ११ सन्तान रहेका छन् । एक छोरा लक्ष्मण रिजाल र नारयण रिजाल माथी बुढो घर मै बस्छन् । अर्का छोरा कमल रिजाल काठमाण्डौ बस्छन् । कहिले कसो घर आउँछन् । अर्का छोरा बेलप्रसाद रिजाल सुजरल्याईन्ड छन ।

अर्का मेघप्रसाद पच्र्युगल र कान्छा छोरा अर्जुन रिजाल क्यानाडा छन् । छोरीहरु मध्ये सिता रिजालको विवाह गुल्मीको अरेवा भए पनि उनका श्रीमान बिश्वनाथ घिमिरे नेपाली सेनाको अवकास प्राप्त जर्नेल भएकोले काठमाण्डौ मै बस्छन् ।

अर्की छोरी कमला रिजालको विवाह गल्कोटका अर्जुन गैरे संग भएको र हाल क्यानाडामा रहेको रिजाल दम्पत्तीले बताए ।

अर्की छोरी सरु दााहलको विवाह धादिङका सरद दाहल संग भएको र हाल लण्डनमा रहेका छन ् । अर्की छोरी लक्ष्मी रिजालको गोरखाका मदन बञ्जडा संग भएको र उनी नेपाली सेनाका वाहलवाला फुल कर्णेल रहेका छन ।

कान्छी छोरी गिताको विवाह काठमाण्डौंका शैलेन्द्र रेग्मी संग भएको र रेग्मी नेपाल राष्ट्र बैंकको उच्च ओहोदामा रहेका छन् । रामचन्द्र रिजालका दाजु कृष्णप्रसाद रिजालका परिवार पनि काठमाण्डौ मै बस्छन् ।
तल बेसीको आलिशान भएर के गर्नु एक्लो हवेलीमा बुढाबुढी मात्रै बस्छन् । उनका पिता ईश्वरीप्रसाद र डिलाराम रिजाल दुई भाई रहेका थिए । ईश्वरीप्रसादको २०५३ सालमा ९३ बर्षको उमेरमा मृत्यु भएको थियो ।
उनका दिदी बहिनीहरु मध्ये एउटी पदेवा रिजालको विवाह वामी भएको थियो । अर्की दिदी ओमकुमारीको तत्कालिन लक्ष्मीपुर गाउँपञ्चायत र पछि तम्घास गाउँपञ्चायतका प्रधानपञ्च चेतनारायण मरासिनी संग भएको थियो ।

बर्षऔं अघि देखि ईस्मामा मात्रै होईन, गुल्मी जिल्ला र छिमिके जिल्लामा समेत सबै भन्दा ठुला जमिन्दार भनेर चिनिएका रिजाल परिवारका जिज्यु बाजे भने पर्वतको पाङ लिलिथानबाट रित्तो हात आएका आएका थिए ।
दाङ तर्फ जान खोजेको बालकृष्ण रिजाल ईस्मा मै बसोबास गर्न सुरु गरेको र उनका दुई भाई छोराहरु मध्ये कान्छा छोरा केशवदत्त रिजालका छोरा थिए ईस्वरीप्रसाद रिजाल र अन्य उनका सन्तानहरु ।

तस्वीरमा उनै ईश्वरीप्रसाद , उनका दुई हवेली , दुई छोहरु रामचन्द्र र कृष्ण प्रसाद रिजाल

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !