तिमीलाई देखेपछि एकदुई बात मार्दिम-मार्दिम भो !
अलग्गै बस्नु भन्दा ज्यान नजिकै सार्दिम-सार्दिम भो !
शिर देखि पाउ, पाउ देखी शिर हेरें छैन मन थीरमा,
पारी खोले मोयालाई वारि खोला तार्दिम-तार्दिम भो !
तिमीलाई देखेपछि लजालु त्यो चन्द्र जस्तो मुहारमा
तिम्रो लागि सबैथोक आजैदेखि छार्डिम-छार्डिम भो !
सपना हजार थिए, त्यही सपना बोकि हिडीराको म
लामै थियो यात्रा अब यतिमै बिट मार्दिम-मार्दिम भो !
कति बस्छौ माइतीघर, जाला यसै लाली जोबन खेर,
खाली सिउँदोमा देखेपछि सिंदुर पार्दिम-पार्दिम भो !
अनुमति दियौ भने दौडिएर सबैभन्दा पहिलोपटक,
तिम्रो दिलको चुचुरोमा मेरो झन्डा गार्डिम-गार्डिम भो!
कति मोया गर्छौ ? भनी सोधेपछि तिमीले मलाई,
हनुमानले जस्तै मुटु तिम्रै अघि फार्डिम-फार्डिम भो !
कुशल कुमार
ढोरपाटन ८, बोवाङ ।