Sorry, that menu does not exist.
 

बुढेसकालमा छोरो जन्मेपछी मुसिकोट चौरका दृष्टिविहीन केशव मख्ख !

प्रेम सुनार, गुल्मी, २०७७ बैशाख ६ । उनी भन्दा कान्छो उमेरका ब्यक्तिले भन्छन म आफै ५९ बर्षको पुगें, उनी त ६० बर्ष नाघेका छन् । तर ती दृष्टिविहीनले भन्छन के को साठी पुग्नु नागरिकता हेरे भई हाल्यो नि भर्खर ५८ बर्षमा लागें् । त्यो उमेरमा गत बर्ष उनले पहिलो विवाह गरेका थिए । उनी हुन गुल्मीको मुसिकोट नगरपालिका वडा नम्वर ३ , चौर निवासी केशबहादुर पुन मगर । जसले ४० बर्षीया महिलालाई गत बर्ष विवाह गरि हालै छोरा छन् । उनकी आमा च्यांग्री पुन मगर पनि दृष्टि विहीन थिईन । जसको दुई बर्ष अघि मृत्यु भयो । जन्मेको ८ बर्ष उमेर देखि आमा छोरा दुबै दृष्टि विहीन रहेका उनीहरुको सम्पत्तीको नाममा एउटा सानो गोठमा बास मात्रै छ ।

आय श्रोतका नाममा जम्मा एउटा , त्यो पनि अर्कैको बाख्रा पालेका छन् । सुत्केरी ब्याथा लाग्दा एक सुको पैसा थिएन तर छिमेकी नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) मुसिकोट नगरकमिटी अध्यक्ष खुमबहादुर थापाले एम्वुलेन्स मगाएर जिल्ला अस्पताल पठाए तर जिल्ला अस्पतालबाट पछि आउनु भन्दै फर्काएको उसै साँझ घरमा छोरा जन्मियो ।

छिमेकी शिक्षिका चन्द्रा थापा भन्छिन उनीहरुको सुत्केरी चलाउने कुनै उपाय नभएकोले आफुहरुले पनि सहयोग गर्ने र अरुलाई पनिसहयोग गर्न अनुरोध गर्दछौं ।

छिमेकी तथा उनका बालापनका दौतरी खुमबहादुर मल्ल ठकुरीले आफु ५९ बर्ष उमेर पुगेको र उनी भन्दा आफु कान्छो भएको बताए । उनले त्यो उमेरमा छोरा जन्मिाएको कुरा खुशी लाग्दो भए पनि त्यो उमेरमा सन्तान हुर्काउन पढाउन समस्या हुने हुँदा बिबाह नै नगरेको भए राम्रो हुने बताए ।

त्यो उमेरमा छोराको बाबु बनेका पुन मगरले छोराको बाजा गाजा सहित छैठी गर्ने धोको राखे पनि कोरोना भाईरसको सक्रमणका बेला मानिसहरुको जमघट हुने कार्यक्रम नराख्न सुभ।mाव दिएकोले त्यसो गर्न नसकिएको बताए ।

शुक्रवार सम्म तीन दिनकी सुत्केरीलाई बोईलर कुखरा मासु भन्दा अरु पौष्टिक खुराक खुवाएका छैनन । ४० बर्षीया सुत्केरी श्रीमती भित्र बाहिर गर्ने बेलामा थरथरी काँप्दै थिईन् । उनले बर्षौ अघि देखि पुर्व श्रीमानले छाडेर दुख पाएको बेला दोश्रो विवाह गरेर साहरा पाएको र उता अर्को छोरा रहेको बताईन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !