Sorry, that menu does not exist.
 

मध्यपहाडी लोकमार्गमा अलपत्र ९ जना श्रमिकहरुको उद्धार, दुई युवक क्वारेन्टाइनमा !

बागलुङ, २०७७ बैशाख ६ । विश्वव्यापी महामारकिो रुपमा फैलिरहेको कोरोना भाईरसका कारण प्रभावित गरीब असहाय, दैनिक ज्यालादारी श्रमिकहरुलाई बडगिाड गाउँपालिका ७ ले पनि वडामा राहात कोषको स्थापना गरि राहत उपलब्ध बनाएको वडा अध्यक्ष कृष्णगुरुङले बताए । लकडाउनलाई प्रभावकारी र व्यवस्थित बनाउनका लागि वडा कार्यालय मार्फत विभिन्न प्रयासहरु भएको अध्यक्ष गुरुङको भनाई छ ।

नेपालको विभिन्न ठाउँ तथा बिदेशबाट आउने व्यक्तिहरुलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था वडा कार्यालयले गरेको बताउदै अध्यक्ष गुरुङले यो भन्दा पहिला २ जनालाई क्वारेन्टाइनमा राखि यापिड टेष्ट पश्चात रिपोर्ट नेगेटिव आएपछी घर पठाईएको र अहिले फेरि भारतबाट आएका दुई युवालाई क्वारेन्टाइनमा राखिएको अध्यक्ष गुरुङले ईबागलुङलाई बताए । क्वारेन्टाइनमा रहेका दुई युवाहरु बडीगाड गाउँपालिका वडा न ७ साबिक भिमगिठे गाविस वडा न ४ गैरागाँउ निवासी १७ र १९ वर्षिय सुशील खत्री र बिवेक खत्री रहेका छन । उनिहरु रोजगारीको सिलसिलामा भारतको पुनामा रहेको र भारतमा कोरोना भाईरसको व्यापक प्रकोप बढ्दै गय पश्चात् घर फर्किएको तर बुटवल आईपुग्दा नेपाल सरकारबाट लकडाउन घोषणा भएकोले हालसम्म बुटवल आफन्तकोमा बसेको तर लकडाउन लामो समय सम्म नखुल्ने अबस्था भए पश्चात बुटवलबाट पैदल हिडी ४ दिनमा भिङगिठे आईपुगेको युवकहरुले बताए । उनिहरुलाई खानाको व्यवस्था वडा कार्यालयले गरेको छ । भिमगिठे स्वास्थ्य चौकी प्रमुख बिपेन्द्र केसीले सामान्य परिक्षण गरि अबस्था सामान्य रहेको जानकारी दिएको अध्यक्ष गुरुङले बताए ।

तपाईंको वडामा मजदुरहरुको अवस्था के छ ? भन्ने प्रश्नमा अध्यक्ष गुरुङले आफ्नो वडा भित्र रहेका मजदुर तथा असाहयहरुको विषयमा जिम्मेवार रहेको बताउँदै आफ्नो वडाको केही भाग मध्य पहाडी लाकमार्ग संग जाडिएको र विभिन्न ठाउँमा अलपत्र परि पैदलको साहारामा घर हिड्नुभएका मजदुरहरुलाई देख्दा अत्यन्तै पीडा भएको बताए। हिजो मात्रै सल्यान जिल्लाका ९ जना श्रमीकहरु बास नपाएर अलपत्र परिरहेको अबस्थामा आफुले फेला पारे पश्चात् बडीगाड गाउँपालिका ७ का समाजसेवी युवा अदमकान्त खरेलको घरमा निजरुलाई बस्ने व्यवस्था मिलाई आज बिहानका खाना खुवाई निजहरुलाई माक्स उपलब्ध गराई पठाईएको अध्यक्ष गुरुङले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !