Sorry, that menu does not exist.
 

म्याग्दी देखी सल्यान हिँडेका ११ जना मजदुरको युवा व्यवसायी अर्यालव्दारा उद्धार !

कमल पौडेल, वडीगाड (खर्वाङ) २०७७ बैशाख ६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वडा कमिटि अध्यक्ष समेत रहेका युवा व्यवसायी खगिश्वर अर्याल (विष्णु) ले म्याग्दी देखि सल्यान जान हिँडेका मजदुरहरुलाई खर्वाङबाट उद्धार गरि आफ्नै ट्याक्टरमा राखि बुर्तिवाङ सम्म पुयाएका छन। उनले गाउँपालिका संग समन्वय गरि निशुल्क रुपमा ११ जना मजदुरहरुलाई बुर्तिवाङ पुर्याइ छोडेको जानकारी दिए ।

दिउसोको टन्टलापुर घाममा हिँड्दै आएको देखेपछि गाउँपालिका अध्यक्षलाई फोन गरें उहाँले हुन्छ पठाऔं भन्नुभयो गाडि विचमा नरोकिने भएपछि मैले पठाएँ, अर्यालले भने । म्याग्दी, पर्वत, स्यांजा र बागलुङका विभिन्न स्थानका विभिन्न योजनामा काम गरिरहेका मजदुरहरु गन्तव्यमा पुग्न पैदल हिँड्दै गरेको देख्न सकिन्छ। यसै विच वडीगाड गाउँपालिकामा भेटिने मजदुरहरुलाई भेटेसम्म गाडीको व्यवस्था गरेर सिमाना सम्म पुर्याइरहेको बडिगाड गाउँपालिकाले जनाएको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !