पीडासंग जुधेर बाच्नु पर्ने कस्तो जिन्दगी
मनमुटु दिएर माया साच्नुपर्ने कस्तो जिन्दगी ।
कसरी भनौ खै खुसी छु भनेर म तिमीलाई
सयौ पटक रोएर हास्नुपर्ने कस्तो जिन्दगी ।
***
मनमा पीडा छ तर फुकाउन चाहान्न।
सत्य कुरा कहिल्यै म लुकाउन चाहान्न ।
बिन्ती गर्छु बरु म आफै दुखी हुन चाहान्छु
तर मैले कसैको मन दुखाउन चाहान्न ।
***
झगडा गर्न मैले कति खोजेको होइन ।
ठुलो कुरा गर्दै मैले कति सोधेको होइन ।
कसरी भनु खै भन्नू अगाडीनै आँसु झर्छ
तिमी बाहेक अरुलाई मैले रोजेको होइन ।
सविता खत्री,
ताराखोला, बागलुङ ।