Sorry, that menu does not exist.
 

चर्चाको चुलीमा बुर्तिवाङ स्वास्थ्य केन्द्र : फेसबुकमा भ्रामक र असत्य समाचार पोष्ट गर्नेलाई कार्बाहीको माग !

छविलाल पाण्ड, बुर्तिवाङ २०७७ बैशाख ७ । बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र तथा त्यहा कार्यरत कर्मचारीहरुलाई लिएर सामाजिक सन्जाल फेसबुकमा भाईरल बनाईएको विषयलाई लिएर केन्द्र र कर्मचारीव्दारा गम्भीर आपत्ती जनाउदै खेद प्रकट गरिएको छ । आज प्रकाशित अपीलमा, स्वास्थ्य संस्था र कर्मचारी प्रति इंगित गरेर गरिएको नकारात्मक कृयाकलाप गर्ने गराउने व्यक्तिलाई आवश्यक कानुनी कारवाहीका लागि सम्बन्धित निकायमा अनुरोध गरिएको छ ।

१९ जना कर्मचारीहरुव्दारा हस्ताक्षरित अपीलमा सामाजिक सन्जाल फेसबुक मार्फत विदेशबाट चलाईएको ओम प्रकाश सापकोटा नामको फेसबुक एकाउण्ट लगायतबाट यस प्राथमिक स्वास्थ्य केन्द्र तथा कर्मचारीको कार्य सम्पादनलाई लिएर लेखिएको भ्रामक तथा असत्य समाचार प्रति यस संस्था तथा कर्मचारीहरुको गम्भीर ध्यानाकर्षण भएको भन्दै खेद प्रकट गरिएको उल्लेख छ । नेपाल सरकार स्वास्थ्य सेवा विभागले प्राथमिक स्वास्थ्य केन्द्रबाट प्रदान गरिने सेवाहरु सम्वन्धी निर्देशिकाले तोकेको भन्दा थप सेवाहरु दिइरहेको उल्लेख गर्दे भ्रामक र असत्य समाचार पोष्ट गर्नेलाई कानूनी कार्बाही गर्न अपीलमा माग गरिएको छ ।

उता बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई जिल्लास्तरको अस्पताल प्रस्तावित भएपनी हालसम्म त्यसको व्यवस्थापन हुन नसक्नु र करिब आधा बागलुङ जिल्लाका नागरिकले सेवा सुविधा लिदै आएको स्वास्थ्य सँस्थामा एम्वुलेन्स सेवा नहुनु लगाएतका विषयलाई स्वास्थ्य सस्था व्यवस्थापन समितीले चासो नदिनु र ढोरपाटन नगरपालिकाले समेत वास्ता नगरेको भन्दै त्यसको चर्का आलोचना भइरहेको छ ।

ढोरपाटन नगरपालिका प्रमुख देवकुमार नेपालीले चुनाबको प्रचार अभियानमा आफ्नो खर्चमा एम्बुलेन्स खरिद गर्ने बाचा समेत पुरा नगरेको भन्दै यतिवेला व्यापक चर्चा भइरहेको छ । यस बिषयमा नगरप्रमुख नेपाली संग जिज्ञासा राख्दा आफुले एम्बुलेन्स खरिदको सबै जिम्मा ऋतुवर्ण पौडेललाई दिएको बताए ।

बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका निवर्र्तमान अधिकृत एवं ढोनपाका पूर्व स्वास्थ्य संयोजक तथा कोरोना संक्रमण रोकथाम नियन्त्रणका लागी नगरपालिका व्दारा गठित घुम्ती उपचार टिमका सदस्य (करार) ऋतुवर्ण पौडेलसँग जानकारी लिँदा २०७५ मँसिर १५ गतेदेखिको एम्बुलेन्स खरिद गर्ने प्रकृया रहेपनी हालसम्म सफल हुन नसकेको बताए । मेयर साबले पैसा लगेर चाडो एम्बुलेन्स निकाल्न आग्रह गर्दे जिम्मा दिनुभएको छ । तर कागजी प्रकृया मिलाउदा ढिलाई भइरहेको पौडेलले बताए ।
कहिले देख्न पाउला बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रले एम्बुलेन्सको मुख ?
बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रको नाममा पहिलेनै दुईवटा एम्बुलेन्स रहेको छ । जसमध्ये एउटा निसीखोला गाउँपालिकालाई दिइएको र अर्को विग्रिएर बागलुङमा थन्किएको अवस्थामा छ विग्रएकोलाई बनाउदा धेरै खर्च लाग्ने भएपछि नया खरिद गर्ने कुरा आएको हो । नगरप्रमुख नेपालीले व्यक्तिको नाममा एम्बुलेन्स किन्न नमिल्ने र प्राथमिक स्वास्थ्य केन्द्रमा दुईवटा भन्दा बढी एम्बुलेन्स खरिद गर्न नमिल्ने प्रावधानका कारण थप ढिलाई भइरहेको पौडेलको भनाई छ ।
प्रश्रव पीडाले छट्पटाई रहेकी महिलाको यसरी भयो शल्यक्रिया, आमा र शिशुको अवस्था सामान्य !

२०७६ असार २८ गतेको स्वास्थ्यकर्मी र नगरप्रमुखको निर्णय अनुसार स्वास्थ्य मन्त्रालय र जिल्ला स्वास्थ्य कार्यालयबाट प्रकृया पुर्याई ढोरपाटन नगरपालिकाको नाममा खरिद गर्ने गरी सबै कागजी प्रकृया पुरा भएको तर भारतबाट एम्बुलेन्सको पाटपुर्जा लिएर जडान गर्नुपर्ने भएका कारण केहि ढिलाई भइरहेको र लकडाउनका कारण थप समय लम्बिएकोे पौडेलले बताए ।

उता प्राथमिक स्वास्थ्य सस्था व्यवस्थापन र जनताको गुनासोको विषयमा स्वास्थ्य सँस्था व्यवस्थापन समितीले खासै चासो दिएको छैन । त्यसैगरी गत मँसिर महिनामा विद्युत हाई भोल्टेजका कारण विग्रिएको एक्सरे मेशिन नहुँदा सेवाग्राही मर्कामा परेका छन् ।
पेटमा उल्टो बच्चा लिएर स्वास्थ्य केन्द्रमा आएकी ४१ हप्ते गर्भवती महिलाको डाक्टरव्दारा उद्धार !

यस बिषयमा डा मिलन मल्ल सँग सम्पर्क राख्दा पुरानो मेशिन दक्ष प्राविधिकको अभाबमा मर्मत हुन नसकेको र नयाँ मेशिन खरिद भइसकेको हुँदा अव दुईचार दिन भित्र आइपुग्ने जानकारी दिए ।

बागलुङको बडीगाड, निसी, तमान गाउँपालिका, ढोरपाटन नगरपालिका, प्युठान, रुकुम, रोल्पा लगाएतका जिल्लाबाट समेत बिरामीले सेवा लिदै आएको बुर्तिबाङ स्वास्थ्य केन्द्रमा भवनको हिसाबले सुविधा सम्पन्न भएपनी स्वास्थ्य क्षेत्रमा समेत चाँडै जिल्ला स्तरको अस्पतालको रुपमा रुपान्तरण गरेर सेवा सुविधा थप हुनुपर्ने बागलुङ पश्चिम क्षेत्रका जनताको चर्का माग रहेको छ ।

जिल्लास्तरको अस्पत्तालमा स्तरोन्नतीका निम्ती आफु, साँसद ज्ञानकुमारी छन्त्याल, देवेन्द्र पौडेल लगाएतसँग पटक पटक मन्त्रालयमा पुगेर मन्त्रीहरुसँग भेटगराउँदा समेत सुनुवाई नभएको र त्यसको विषयमा समेत निरन्तर ध्यानाकर्षण भइरहेको पूर्व स्वास्थ्य संयोजक पौडेलले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !