Sorry, that menu does not exist.
 

पाण्डबखानी लगाएत विभिन्न स्थानमा पानी सहित असिना र चट्याङ !

सुरेश छन्त्याल, गल्काेट, २०७७ वैशाख ७ । गलकाेट नगरपालिका १० पाण्डबखानी सहित केही भेगमा अज ठुलाे पानी सहित चट्याङ, हावाहुरी र असिना ले कृषकहरुले मेहनत गरि लगाएकाे मकै, काेदाे, सेमी, गाेपी, साग, लगाएत तरकारी बाली नाली नष्ट गरेकाे छ । दिउसाे चर्काे घाम लागेपनि दिउसाे भने ठुलाे पानी सहित हावा हुरी, असिना र चट्याङ पर्ने हुदा अब हाम्रो मेहनत वालुवामा पानी खनाए जस्ताे भयाे भन्दै कृषकहरु चिन्तित देखिएका छन् । यसरी बारम्बार ठुलाे पानी पर्दा अर्काे पटक पनि यस्तै त हुने हाेला भन्ने कृषकहरुकाे भनाइ रहेकाे छ।

विश्व व्यापीरुपमा फैलिएको काेराेना भाइरस काेभिड १९ काे डरले चिन्तित बने संगै अझ त्यसमाथि यस्ताे प्राकृतिकले हामिमाथि ठुलाे चुनाैती दिएकाे छ, भन्दै अब त खेतीपातीकाे त झनै आस हरायाे भन्ने हरु पनि धेरै छन् । यता अाफ्नाे गाउँ खेति छाेडि बजार, विदेश लागेका केही मानिसहरु भने अब गाउँमै फर्केर अाफ्नाे बाजाे रहेकाे खेती चलाउनु पर्छ भन्ने केही मानिसहरु पनि भेटिएका छन्।

यसैवीच पाण्डबखानीमा रहेकाे माउखाेला लघुजल विधुत अायाेजाबाट संचालन रहेकाे विधुतकाे क्षमताभन्दा कम भए पछि माेबाइल चार्ज गर्न, खाना पकाउनबाट बन्चित भएका छन्, भने टिभि हेर्न , फनिचर चलाउने त कुरै नगराै राति पाैने ९ बजे देखि विधुत काे पावर बढ्ने हुदा बल्ल माेबाइल चार्ज गर्न र फनिचर चलाउने पावर अाउदा स्थानीयहरु विधुतकाे पावर कतिबेला अाउछ भन्दै समय हेर्दै बस्ने गर्दछन् विधुतकाे क्षमता १६ किलाे रहेता पनि पानीकाे कमिले गर्दा पावर कम अाउने गरेकाे व्यवस्थापन समितिले जनाएकाे छ । कुल २५० उपभोक्ता रहेकाे अायाेजनाबाट कुटानीपिसानी समेत हुने हुदा अहिले सम्म लाइनकाे कुनै ठेगना नै हुदैना कतिबेला लाइन अाउछ जान्न टुङ्गै हुदैना।
लाइनमा केही समस्या या बिक्रियाे भने बुटवल लैजानु पर्छ त्यसलाइ बनाउन लैजान र ल्याउन करिब १ हप्ता कुर्नु पर्ने बाध्यता रहन्छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !