Sorry, that menu does not exist.
 

पर्वतको फलेवास क्षेत्रमा बग्यो असिनाको खोला, लाखौँको तरकारी, गहुँ बाली नष्ट !

निर्मल पौडेल, पर्वत २०७७ बैशाख ७ । आज साँझ ५ बजेको समयमा आएको हावाहुरी सहितको भीषण वर्षा र असिनाले पर्वत जिल्लाको फलेवास क्षेत्रमा आँप, लिची, सुन्तला,कागती, वन्दा, काउली लगायतका तरकारीबाली नष्ट बनाएको छ भने पाक्न लागेको गहुँ बालीमा क्षेती पुराएको छ । फलेवास आसपासका कुर्घा, ठानामौला, खानीगाउँ पाङराङ लगायतका ठाउँमा असिना पानीले निकै ठुलो क्षती पुराएको स्थानीयले बताएका छन् ।

फलेवास नगरपालिकाको वार्ड नम्वर ७ लिमिठानामा धरै मात्रमा क्षती पु-याएको वडाध्यक्ष हरिराम रेग्मीले बताए । लगातार आएको असिना पानी पहिले खोलो जस्तै भएर वगेको र पछाडी ५ इन्च सम्म असिना जमेको आँटिघरका भुवानी प्रसाद पौडेलले बताए । लगातार यसैगरी पर्वतको महाशिला गाउँपालीमा ठुलो मात्रमा क्षती पुगेको छ । क्षेतीको विवरण आउन बाँकी छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !