Sorry, that menu does not exist.
 

एन पी घायलका तीन छोटा कविता


प्रेमको सायरी
भो नसुनाउ
कुनै प्रेमको सायरी,
जुनसुकै सायरीको पात्र हो उ
जो प्रेममा पागल भएर
मृत्युवण गर्छ,
फेरी उही प्रेमको शुरुवातीमा
मुस्कुर्याएर उभिन्छ सायरीमा
जसरी
प्रेम दिवशमा एउटा प्रेमी
रातो गुलाव लिएर प्रेमी अगाडी तैनाथ हुन्छ।


अशली मर्दहरु
भो नलगाउ ती नजरहरु
मन पर्दैन उस्लाई
न छुन्छ तिम्रा कुनै कामुक इशाराहरुले

अर्धनग्न तनले
न नजरै तान्छ ओ फूलवुट्टे पुतली
यहाँ
कसैको तन हैन
मन भित्रको मन खोजेका हुन्छन्
अशली मर्दहरु ।


एउटा अड्डा
तिम्रो नग्नताले वजार
निलो सिनेमामा पाउला
तर
यो त नुनतेलको वजार हो
यहाँ
सवै तन्नेरी मात्र आउदैनन्
आउछन्
दात फुक्लेका वुढा बा आमैहरु
वृद्धा भत्ता थापेर चुल्होको जोहो गर्न
यस्तै
मन्टेश्वरीका कलिला नानी वावू
पेन्शिल किन्नको लागी
र एउटा मजदुर
भोको पेट लाई आधा भर्न
तर
खै तिमीले कुन नियतवस्
कस्तो अड्डा खोलेकी हौ ?

एन पी घायल
कुश्मा पर्वत

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !