Sorry, that menu does not exist.
 

दिन ढल्कियो कि गड्याङ/गुडुङ् असिना पानी सुरु : किसानको मुटुमा ढ्यांग्रो !

कुसुम थिङ, बागलुङ २०७७ बैशाख ८ । केहि दिन देखी मौसममा परिवर्तन आउन थालेको छ । हावाहुरी, असिना, पानी पर्न थालेपछी चिसो बढ्नुका साथै खेती किसानी प्रभावित बनेको छ । दिनहुँ जसो अपरान्ह पछी हावाहुरी, असिना पानीले रबि बालि र तरकारी, फलफुल खेतीमा नराम्ररी क्षेती पुगेपछी किसानहरु चिन्तामा छन् । सदरमुकाम, बलेवा, गल्कोट, बडीगाड, बुर्तिवाङ, कुस्मीसेरा आदि क्षेत्रमा असिना पानी र चट्याङले मानवीय क्षेती हुनुका साथै अन्नबालीमा ठुलो नोक्सानी भएको किसानहरुले बताएका छन् । ‘गड्याङ गुडुङ् ग-यो कि मुटुमा ढ्यांग्रो ठोक्छ’, भन्छन किसानहरु ।

गल्कोट उपत्यकामा बैशाख ३ गते डरलाग्दो हावाहुरीका साथ परेको भीषण वर्षा र असिनाले केहि समय त त्राहिमाम बनाएको गल्कोट नगरपालिका ९ वडाध्यक्ष तेजबहादुर थापाको अनुभव थियो । गल्कोटकै पाण्डवखानी रिमुवा लगायतका स्थानमा हिँजोपनि भीषण वर्षा र असिना परेर ठुलो क्षती पुराएका सहकर्मी सुरेश छन्त्यालले खबर पठाएका छन् । बडीगाड गाउपालिकाको नेपाने, नैतुल क्षेत्रमा पनि असिना पानीले निकै असर गरेको सहकर्मी कमल पौडेलले जानकारी दिएका छन् ।

बागलुङ बजार
आज बैशाख ८ गते पनि २ बजेपछी जिल्लाको प्राय: सबै भागमा गड्याङ गुडुङ सहित वर्षात सुरु भएको छ । असिना पर्न थालेको छ । किसानहलाई मकै छर्न बाधा पुगेको छ । पाकेको गहु जौ तरकारी बारीमै सोत्तर परेको छ । असिना पानीले फलफुलका फुल (मन्जरी) झरेर बोटहरु नांगै बनेका छन् । लकडाउनका कारण सुनसान बागलुङ बजारका सडकहरुमा वर्षासंगै भल बगेको दृश्य देख्न सकिन्छ ।

यसैवीच सहकर्मी भरत सापकोटाले पठाएको समाचार अनुसार काठेखोला गाउपालिकाको भीमा पोखरा, तंग्राम, धम्जा, बिहुँमा भीषण वर्षा सहित असिना परेको छ । पाकेको गहुँबाली, तरकारी फलफुल बालीनाली पूर्णत सखाप बनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !