पर्वत २०७७ वैशाख ८ । विश्वभरी महामारिको रुपमा फैलिरहेको नोवेल कोरोना भाईरस कोभिड १९ ले निम्त्याएको यो विषम परिस्थितीमा पर्वतको कुस्मा स्थित गुप्तेश्वर वहुमुखी क्याम्पसमा अध्ययन गर्ने विधार्थीहरु लाई कुनै पनि समस्या परे नेविसंघले सहयोग गर्ने भएको छ ।
गुप्तेश्वर वहुमुखी क्याम्पस कुस्मामा उच्च शिक्षा हाँसिल गर्न जिल्लाका विभिन्न ठाउँ र अन्य जिल्लावाट अध्ययन गर्न आएका विधार्थीहरु लाई नेपाल सरकारले गरेको लकडाउनका कारण अफ्ठ्ययारोमा परेकाहरु लाई सहयोग गर्ने भएको हो । नेपाल विद्यार्थी संघ इकाई कार्यसमिती गुप्तेश्वर वहुमुखी क्याम्पसले विधार्थीहरुलाई जुनसुकै अफ्ठ्यारो परिस्थितीमा पनि सहयोग गर्न तयार भएको भन्दै अफ्ठ्यारो महसूस भएकाहरुलाई सम्पर्कमा आउन आग्रह समेत गरेको छ ।
सोमवार क्याम्पस ने.वि. संघ सभापती शिशिर शर्मा पौडेलले सामाजिक सञ्जाल मार्फत समस्यामा परेकाहरुलाई छिटोभन्दा छिटो सम्पर्कमा आउन अपिल गरेका हुन् । यो परिस्थितीमा कुस्मामा कोठाभाडामा वस्ने, घर जान समस्या भएका तथा यहा रहेर क्याम्पसमा अध्ययन गर्ने विधार्थी हरु लाईसम्पर्कमा आउन र ईकाई कार्यसमितीका साथीहरु लाई सहजिकरण गर्नुहुन पनि अनुरोध गरेका छन् ।
लकडाउनको वेलामा पनि विधार्थी साथिहरुले अध्ययन लाई अगाडी वढाउनुपर्ने भन्दै सकरात्मक दृष्टीकोणको वृद्धि गरी सिर्जनात्मक तथा आँफुलाई अध्ययनशिल वनाउनुपर्ने पौडेलले वताएका छन् । कोरोना भाईरस कोभिड १९ ले विश्व लाई आक्रान्त पारेको यस क्षणमा कोरोना विरुद्ध सावधानी अपनाउन सामाजिक दुरी कायम राख्नुको विकल्प नभएको भन्दै सवैले सजगता अपनाउनुपर्ने पौडेलको भनाई छ । नेवि संघ गुप्तेश्वरले क्याम्पसमा अध्ययन गर्ने विधार्थीहरुको हकहितका लागि जुनसुकै परिस्थितीमा पनि सदैव कँधमा काध र साथमा साथ दिएर अगाडी वढीरहेको छ ।