Sorry, that menu does not exist.
 

आजको असिना पानीले अन्नबाली, फलफुल तरकारी सबै सखाप, करोडौँको क्षेती, किसानहरुको कन्तविजोग (भिडियो)

गल्कोटबाट मित्र खरेल, थम्मन थापा तथा बडीगाडबाट हेम विश्वकर्माको रिपोर्ट

गल्कोट/बडीगाड २०७७ बैशाख ९ । केहि दिन देखीको बेमौसमी वर्षासंगै परेको असिनाले पाकेको अन्नबालि, फलफुल तरकारी, उम्रिएका मकैका बोटहरुमा पुराएको क्षेतीलाई लिएर पिरलोमा रहेका किसानहरु आज २ बजे पछी परेको भीषण वर्षा सहितको असिनाले बाँकी रहेको फलफुल, तरकारी, गहुँ मकै –अन्नबाली) सबै सखाप पारेपछी किसानहरुको बिजोग भएको छ । आजै गल्कोट नगरपालिका १ दुदिलाभाटी टोँड्केमा चट्याङ परेर ६० वर्षिया बिजुली खत्रीको मृत्यु भएको छ ।

बागलुङका प्रायः सबै ठाउँमा मंगलबार अपरान्हदेखि असिनापानी परिरहेको छ । एकै ठाउँमा धेरैबेर नपरेपनि ठूलाठूला असिनाले हुर्कंदै गरेको मकैबाली, फलफुल र तरकारीमा क्षति पुयाएको स्थानीयले बताएका छन् ।

बागलुङ जिल्लाको पश्चिम गल्कोट नगरपालिकाको ८, ९, १०, ११ नं वडाहरु र बडीगाड गाउपालिकाका विभिन्न भागहरुमा असिनाले नराम्ररी क्षेती पुराएको गल्कोट नगरपालिका ९ का वडाध्यक्ष तेजबहादुर थापाले जानकारी दिए ।

आजको वर्षा र असिनाले माथीबाट पहिरो खसी गल्कोट नगरपालिका ७ र ९ वडाको वीचमा रहेको अम्रिसाको खोल्सामा आएको बाढीका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध बनेको छ । वडाध्यक्ष तेजबहादुर थापाको अग्रसरतामा खोल्सोको भल पन्छाउने काम भैरेको छ ।

गल्कोट नगरपालिका ७ र ९ वडाको वीचमा रहेको अम्रिसाको खोल्सा/ शिशिर मल्ल ।
सोहि वडामा रहेको गल्कोट कृषि पशुपंक्षी उत्पादन तथा प्रवद्र्धन केन्द्र असिनाले ध्वस्त भएको छ । फुललागेको कागतीका ५ सय बोटहरु फुल झरेर नांगिएका छन्, त्यसैगरी आँप, सुन्तला, लिँची लगायत विभिन्न तरकारी बाली सबै असिनाले छियाछिया पारेर भुँईमा झारेको स्थानीय किसानहरुले बताएका छन् ।

सहकर्मी थम्मन थापाका अनुसार गल्कोट नगरपालिका वडा नं ७ मा भिषण वर्षा पछि परेको असिनाले बालीनालीमा व्यापक क्षति पुराएको छ । मकैका विरुवा, फलफूल, तरकारी र फूल खेल्दै गरेका सुन्तला, कागती, नासपाती, पलम, आरु लगायतमा व्यापक क्षति भएको गल्कोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुबेदार टीका बहादुर थापाले जानकारी दिए । असिना पानीले झण्डै डेढ २ करोडको क्षति पुगेको वडा अध्यक्ष थापाले बताए। असिना पानीले मल्मका अधिकांश स्थानहरूमा क्षति पुराएको छ । असिना पानीले बालीनाली र कृषि उपजमा पुगेको क्षतिले किसानहरू चिन्तित बनेका छन ।

यसले गर्दा यस वर्ष कृषिको उत्पादनमा ठूलै ह्रास आउने कृषकहरुले बताएका छन । निरन्तर परेको वर्षाले अहिले ग्रामीण क्षेत्र जोडने कच्ची सडकहरूमा समेत क्षति पुराएको छ । वर्षा सँगै आएको भलले सडकमा खाल्डा खुल्डी पारेर यातायात आवागमन समेत प्रभावित भएको छ । अहिले लक डाउनको कारण अहिले अत्यावश्यक बाहेकका गाडीहरु चलेका छैनन यद्यपि सडक बिग्रे पछि एम्बुलेन्स, खाद्यान्न ढुवानीमा समस्या हुन थालेको गाडी चालकहरुले बताएका छन ।

यसैवीच सहकर्मी हेम विश्वकर्माले दिएको जानकारी अनुसार बडीगाड गाउँपालिका वडा नं ८ पुरानोगाउँका गंगबहादुर श्रीसले आज परेको असिनापानीले मकैबालीमा नराम्ररी असर परेको बताए । ‘पहिले पानी परिरहेको थियो, उनले भने छिनमै ठूलो–ठूलो असिना झ¥यो, एकैछिनमा मकैबाली र तरकारी सखाप बनायो’ ।

वडा नं ३ का वडा अध्यक्ष खडक पुनका अनुसार अपरान्ह परेको असिनापानीले हुर्कंदै गरेको मकैबाली र तरकारीबालीमा क्षति पुगेको बताउनुभयो । ‘लकडाउनको समय छ । खानेकुरा साँच्नुपर्ने बेला हुर्कंदै गरेको बाली र फलेको तरकारीमा असिनाले क्षति पु¥यायो’ उहाँले भन्नुभयो । उहाँका अनुसार बन्दा, साग, लसुन–आलु लगायतमा क्षति पुगेको छ ।

निउँरो, कुरिलो, लगायत जंगलका सागपातमा पनि क्षति पु¥याएको छ । बडीगाड गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजाले असिनापानीले गाउँपालिका भरिका किसानले लगाएको खेतीबाली नष्ट पारेको बताए । उनले ‘किसानले लगाएको काउली, बन्दा, गोलभेंडा, साग, लसुनप्याज केही छैन । सबै असिनाले चुटेको छ’ ।

हुर्कदै गरेको मकैबाली र मध्यम अवस्थाको मकैबालीमा बढी क्षति र्पुयाएको उहाँले बताउनुभयो । प्रमुख बाली मानिएको मकैमा क्षति पु¥याएपछि किसान चिन्तित बनेका छन् । जिल्लाका अन्य पालिकाहरुमा पनि यतिबेला हावाहुरी सहित भारी बर्षात भैरहेको हाम्रा सहकर्मीहरुले जनाएका छन् ।

गल्कोटबाट सहकर्मी मित्रलाल खरेलबाट खिचिएका दुई भिडियो क्लिप ।

बडीगाडबाट सहकर्मी कमल पौडेलको स्थलगत विवरण

असिना पानीले पुराएको क्षेतीको विवरण आउन बाँकी छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !