बागलुङ २०७७ बैशाख ९ । बागलुङ बजारका खाद्यबस्तु, किराना, फलफुल, तरकारी गरी एक दर्जन पसलहरु अनुगमन गरिएको छ । घरेलु तथा साना उद्योग विकास शाखाकी प्रमुख गोमा शर्माको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय बागलुङका तेजराज गौतम, खाद्य प्रवधि गुण नियन्त्रण डिभिजन कार्यालयका केदार पौडेल राष्ट्रिय उपभोक्ता मन्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय बागलुङका प्रतिनिधी सहतिको अनुगमन टोलीले विभिन्न पसलहरुमा अनुगमन क्रममा म्याद गुज्रिएका गुणस्तरहीन खाद्य एवं पेय पदार्थ बरामद गरी नष्ट गरिएको छ ।
अनुगमनका क्रममा प्राय सबै पसलहरुमा म्याद गुज्रिएका पेय पदार्थ र जंक फुडहरु प्रशस्त रहेको र त्यस्लाई नियन्त्रणमा लिएर आजै नष्ट गरिएको उपभोक्ता मन्चका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
अध्यक्ष श्रेष्ठले बजारमा खाना पकाउने ग्याँस प्रयाप्त रहेको जानकारी दिँदै तरकारी फलफुलको मुल्य ढुवानीका कारण केहि महंगो हुन गएको बताए । उनले म्याद गुज्रिएका खाद्य सामाग्री नियन्त्रणमा लिएर नष्ट गरिएको र एक पटकलाई संझाई बुझाई अर्को पटक गरे कार्बाही गरिने चेतावनी दिइएको बताए ।
अनुगमनका क्रममा म्याद गुज्रिएका कुहिएका स्वास्थ्यका लागी हानिकारक खाद्य सामाग्री नियन्त्रणमा लिने गरिएको भएपनि त्यस्ता व्यक्ति वा पसललाई कार्बाही गरिएको उदाहरण बागलुङ जिल्लामा छैन ।