बागलुङ २०७७ बैशाख १० । प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष गौलोचन सैजुले आज पैयुँपाटामा आयोजित श्रद्धान्जलि कार्यक्रमका वीच चट्याङ बाट ज्यान गुमाएका शंकर रिजालका परिवारलाई रु १ लाख राहत रकम प्रदान गरेका छन् । गत २०७६ साल चैत २९ गते परेको चट्याङबाट बागलुङ नगरपालिका १३ पैयुँपाटाका पर्शुराम रिजालका २६ वर्षिय छोरा शंकर रिजालको मृत्यु भएको थियो ।
आज आयोजित कार्यक्रममा प्रजिअ सैजुले मृतकका परिवार प्रति हार्दिक समवेदना व्यक्त गरेका थिए । कार्यक्रममा बागलुङ नगरपालिकका नगरप्रमुख जनकराज पौडेलले मृतकका परिवार प्रति समवेदना प्रकट गरेका थिए भने जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत धिरेन्द्र पन्तले कार्यक्रममा सहजीकरण गरेका थिए । सो अवसरमा जिल्ला सुरक्षा समितिका पदाधिकारी लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।
उक्त दिन परेको चट्याङबाट रिजालको मृत्यु भएको थियो भने अन्य ६ जना घाईते भएका थिए ।
यो लिंकपनि पढौँ
चट्याङबाट बानपा-१३ बास्कोटमा एक जनाको मृत्यु, ६ जना घाईते !