Sorry, that menu does not exist.
 

सिमेअ डा. शैलेन्द्र बिक पोखरेलसंग ईबागलुङको बेलिबिस्तार! !
कोरोना (COVID-19) : धौलागिरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुको उच्च मनोवल ‘काबिले तारीफ !’

रामप्रसाद घिमिरे, बागलुङ २०७७ बैशाख १० । चैत ४ गते कतार एयरवेजको उडानबाट काठमाडौँ आएका यात्रुहरु मध्य बागलुङ नगरपालिका ४ कुँडुलेकी १९ वर्षिया युवतीमा कोरोना संक्रमण पुष्टि भएपछी बागलुङ कोरोनाको हटस्पटमा देखा पयो । संक्रमित युवतीलाई धौलागिरी अस्पतालको आईसोलेसन कक्षमा राखेर उपचार सुरु गरिएपछी बागलुङ, म्याग्दी र पर्वत जिल्ला समेत यसको सन्त्रासमा आयो । कोरोना संक्रमित विरामीलाई उपचारका लागी पोखरा वा काठमाडौँका सुविधा सम्पन्न अस्पतालहरुमा नलगी धौलागिरी अस्पतालमै राखेर उपचार प्रारम्भ गरिएपछी भेन्टिलेलर लगायत आईसीयु सीसीयु कक्ष जस्ता नभै नहुने अतिआवश्यक उपकरणहरुको अभाव झेलिरहेको अस्पतालमा कार्यरत चिकित्सकहरुले कोरोना संक्रमित युवतीलाई अस्पतालको आईसोलेसन कक्षमा राखी उपचार प्रारम्भ गरेपछी चिकित्सक एवं अन्य स्वास्थ्यकर्मीहरु प्रति जनमानसमा सकारात्मक प्रभाव पर्न गयो । अस्पतालमा भेन्टिलेटर, आईसीयु बेडहरुको व्यवस्थाका लागी दबाब बढ्दै गयो । फलस्वरुप सरकारले अल्प समय मै यी आवश्यकीय उपकरणको व्यवस्थापन गयो ।

यो लिंकपनि पढौं –
बेल्जियमबाट कतारको दोहा हुँदै काठमाडौ आएका बागलुङका दुबै महिला कोरोना संक्रमित !
यसैवीच युवती सँगै कतार एयरवेजको उडानबाट साथैकाठमाडौ आएकी बागलुङ नगरपालिका ३ गौँडाकोटकी ६५ वर्षिया बृद्धामा पनि कोरोना संक्रमण पुष्टी भएपछी उनलाइ समेत धौलागिरी अस्पतालको आईसोलेसन कक्षमा राखी उपचार सुरु गरियो । अहिले ६५ वर्षिया संक्रमित बृद्धाको रिपोर्ट नेगेटिव आएपछी उनी अस्पतालबाट डिस्चार्ज भएर आफ्नै घरमा गएको अवस्था छ भने अर्की युवती अस्पतालमै उपचाररत छिन् ।

अहिले अस्पतालबाट प्रवाह भैरहेको सेवाको सर्वत्र प्रशंसा भैरहेको छ । अस्पतालका निमित्त सिनियर मेडिकल सुपरिटेन्डेन्ट शैलेन्द्र बिक पोखरेल तथा अन्य डाक्टर, पारामेडिकल स्टाफहरुमा रहेको उच्च मनोबल काबिले तारीफ भनी प्रशंसा गरिएको छ ।

कोरोना भाईरस संक्रमण, रोकथाम तथा उपचारको पेरिफेरीमा रहेर सिमेअ शैलेन्द्र बिक पोखरेलसंग ईबागलुङले गरेको बेलिबिस्तार प्रस्तुत गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !