बुर्तिवाङ २०७७ बैशाख १० । कर्मभूमी फाउन्डेसन ढोरपाटन नगरपालिका बुर्तिबाङले गरिब विपन्न परिवारलाई राहत सामग्री वितरण गरेको छ । फाउन्डेसनले विश्वभर फैलिएको कोरोना भाइरस ९कोभिङ१९० का कारण खाद्यान्न अभाव भएका ५ परिवारलाई खाद्यान्न सामग्री हस्तान्तरण गरेको हो ।
फाउन्डेसनका अध्यक्ष कमल भुषालका अनुसार विभिन्न चरणमा गरि ढोरपाटन नगरपालिका वडा नम्बर १ का भीमबहादुर गिरी, सोही ठाउँकी पुष्पा कँडेल, गर्बे बिक, ढोरपाटन नगरपालिका(४ हुन्द्रफेदीकी मनीमला बिक र तमान घर भइ बुर्तिबाङ बस्दै आएकी एक महिलागरि पाँच परिवारलाई चामल, दाल, चिनीलगायतका खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको छ । फाउन्डेसनले गरिब तथा विपन्न परिवारलाई सहयोग र विभिन्न विद्यालयमा अध्यनरत विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गर्दै आएको छ ।
कोरोना भाइरसका कारण देश लकडाउन भएका बेला खाद्यान्न अभाव भए फाउन्डेसनले सकेजति सहयोग गर्ने अध्यक्ष भुसालले जानकारी दिए ।