बागलुङ २०७७ बैशाख १० । विश्वव्यापी रुपमा महामारिको रुपमा फैलिरहेको कोरोना भाईसबाट प्रभावित भई नेपाल सरकारबाट वितरण गरिने सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम समेत प्रभावित भईरहेको अबस्थामा बडीगाड गाउँपालिका ७ मा वडाध्यक्ष कृष्ण गुरुङ आफै टोल तथा घरमा पुगी समाजिक सुक्षा भत्ता वितरण गरेका छन् । सामाजिक सुरक्षा भत्ता बितरण कार्यक्रम सँगै कोरोनम भाईरस सम्बन्धि चेतनामुलक कार्यक्रम साथै बिरामीहरुलाई चेक गरि आषधि समेत वितरण गरिएको अध्यक्ष गुरुङले बताए।
बडिगाड ७ भित्र भत्ता प्राप्त गर्ने व्यक्तिको संख्या जम्मा ३४१ रहेको र कुल रकम रु ३०,७०,४००। (तीस लाख सत्तरी हजार चार सय) मात्र रहेको जसमध्ये ३०४ जनाले कुल रकम रु २८,४१,६०० । (अठ्ठाईस लाख एक्चालिस हजार छ सय) सामाजिक सुरक्षा भत्ता प्राप्त गरेको र बाँकी ३७ जनाले रकम रु २,२८,८००। (दुई लाख अठ्ठाईस हजार आठ सय) सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न बाँकी रहेको अध्यक्ष गुरुङले बताए ।
सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न बाँकी रहेका व्यक्तिहरु मध्य १० जना ज्येष्ठ नागरिक, ८ जना एकल महिला, १८ जना दलित बालबालिका र १ जना अपाङ्ग रहेको बताउँदै अध्यक्ष गुरुङले बाँकी रहेका व्यक्तिहरुको पहिचान गरि सबैलाई भत्ता उपलब्ध बनाउने र नाम छुटेका व्यक्तिहरुको भत्ताको प्रकृया अगाडि बढाउने साथै बाँकी रहेको रकम गाउँपालिकाको खातामा जम्मा गर्ने बताए ।
यस्तो महामारीको समयमा लकडाउनको नियमलाई समेत पालना गरि अध्यक्ष गुरुङले वडालाई २५ भागमा विभाजन गरि २५ वटै टोलमा पुगि भत्ता लिन आएका व्यक्तिहरुलाई सावुन पानिले हात धुन लगाई सामाजिक दुरी कायम गरि चेतनामूलक कार्यक्रम संचालन गरि सबैलाई भत्ता उपलब्ध बनाई बिरामी तथा अपाङ्गहरुको हकमा स्वास्थ्य चौकी प्रमुख विपेन्द्र केसीबाट स्वास्थ्य परिक्षण गरि आवाश्यक परामर्श र औषधि उपलब्ध बनाई घरमै गई भत्ता वितरण कार्यलाई जतिसक्दो व्यवस्थित गर्ने कोशिष गरिएको बताए छ ।
यो भन्दा पहिला भत्ता लिनका लागि बैंकमा जानुपर्ने अवस्था थियो तर अहिले टोल तथा घरमै पुगि भत्ता उपलब्ध बनाउँदा आम जनमानसमा राम्रो प्रभाव परेको बताए ।
बैंकको झन्झटिलो र यातायातमा हुने खर्चको मध्यनजर गरि वडा कारयालय मार्फत बैंकको कर्मचारीको उपस्थितिमा भत्ता बितरण कार्यको सुरुवात गरेको तर अहिले टोल तथा घरमा पुग्दा विशेषगरीकन ज्येष्ठ नागरिक र अपाङ्गहरु अत्येन्तै खुशी भएको अध्यक्ष गुरुङले बताए । आम जनसमुदाय र राजनितिक दलहरुले समेत टोलमै पुगि भत्ता वितरण गर्ने कार्यको प्रशंसा अध्यक्ष गुरुङको भनाई थियो ।
भत्ता वितरण गर्दा कागजी प्रकृयामा थुप्रै समस्याहरु रहेकोले गाउँपालिका र बैंक सँग समन्वय गरि व्यवस्थित गर्ने र प्रत्येक भत्ता प्राप्त गर्ने व्यक्तिको फाटो समेत खिचिएको र यस वडाका भत्ता प्राप्त गर्ने व्यक्तिहरुलाई परिचयपत्रको व्यवस्था गरि ज्येष्ठ नागरिक परिचयपत्र समेत बनाई वितरण गरिने अध्यक्ष गुरुङले बताए । अध्यक्ष गुरुङ सँगै भिमगिठे स्वास्थ्य चौकि प्रमुख विपेन्द्र केसी ईलाका प्रहरी कार्यालयका हवल्दार नवराज ढकाल र क्यामेरा म्यान विमल पाईजाको समेत उपस्थिति रहेको थियो । प्रत्येक टोलमा भत्ता बितरणको कार्यक्रममा अध्यक्ष गुरुङले नयाँ बर्षको उपलक्ष्यमा वडा कार्यालयको तर्फबाठट शुभकामना समेत दिएका थिए ।