Sorry, that menu does not exist.
 

हावाहुरी, असिनापानीले पुराएको क्षेतीको नगर उपप्रमुख काउचा मगरव्दारा अवलोकन !

मित्रलाल खरेल, गल्कोट २०७७ बैशाख १० । केहि दिन यता हावाहुरी, वर्षा र असिना परिरहेका कारण गल्कोट नगरपालिकाका विभिन्न वडाहरुमा खेतीपाती, फलफुल तरकारी मकैलाई ठुलो क्षती पुगेको छ भने विभिन्न विद्यालयहरुको छाना उडाउने, घरका गाह्रो पर्खाल भत्काएकाले निकै नोक्सान पुराएको छ ।

यसैवीच गल्कोट नगरपालिकाकी ृउप प्रमुख रेणुका काउचा मगरले आज क्षेती बारे सम्वन्धित क्षेत्र र विद्यालयमा पुगेर क्षतीको अवलोकन निरीक्षण गरेकी छन् । उपप्रमुख काउचा मगरले वर्षा र असिनाले गल्कोट नगरपालिकाको वडा नं ७ र ९को सीमानामा रहेका अम्रिसे खोल्सामा आएको बाढी पहिरोले मध्यपहाडी लोकमार्गमा पुगेको क्षतीकोपनि अवलोकन गरेकी छन् ।

गल्कोट नगरपालिका ११ को अर्ले र भेँडापुरेमा भलले सडक विगारेको,वडा नं ८ काँडेवास श्रोतकेन्द्र रहेको शिव माध्यमिक विद्यालय पचुवाको भवन भत्किएर पुगेको क्षेतीका सम्वन्धमा पनि उपप्रमुख काउचा मगरले जानकारी लिएकी छन् । सो अवसरमा वडा नं ८ का अध्यक्ष रामप्रसाद कँडेलले क्षेतीको विवरण उपप्रमुख काउचा मगर समक्ष जानकारी गराएका थिए ।

सो अवसरमा उपप्रमुख काउचा मगरले भलले पुरेका सडक सफाई गर्ने कार्य हिँजो देखी जारी रहेको बताउदै हावाहुरी असिना पानीले क्षेती पुगेको विद्यालय भवन र श्रोत केन्द्रको कोठाका छाना छाउने व्यवस्था मिलाउन लागिएका जानकारी दिएकी थिईन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !