Sorry, that menu does not exist.
 

पिपिई खरिदका लागि पर्वत अस्पताललाई प्रवासी नेपालीको सहयोग !

निर्मल पौडेल पर्वत, २०७७ बैशाख १० । विश्वभरी महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाईरस कोभिड १९ को रोकथाम तथा नियन्त्रणमा अस्पतालमा आवश्यक पीपीई लगायतका अन्य सामाग्रहरुको खरीदका लागि सहयोग होस भन्ने हेतुले प्रवासी युवाहरुले रु ५५ हजार ५ सय ५५ आर्थिक सहयोग गरेका छन् ।

पर्वतको कुस्मा नगरपालिका ८ चुवा स्थायी घर भई हाल अमेरिकाको जर्जियामा रहेका शोभा पौडेल जिसी तथा विनोद जिसीको पहलमा अन्य साथीहरु समेतको सहयोगमा संकलन गरिएको उक्त रकम वुधवार पर्वत जिल्ला अस्पताल पर्वतका अध्यक्ष गोविन्द गिरी पडाडीलाई उपलव्ध गराएका हुन् । उक्त रकम वुझ्दै अस्पताल विकास समितीका अध्यक्ष गोविन्द गिरी पहाडीले अस्पतालमा स्वास्थ्य सामाग्रीहरुको आयत गर्न आर्थिक अभाव भईरहेका वेला प्रवासी दाजुभाईहरुले गरेको सहयोग निकै सह्रायिन रहेको पहाडीले वताए ।

पहाडीले उपलव्ध सहयोग रकमलाई पारदर्शी रुपमा स्वास्थ्य सामाग्री खरिद तथा विरामीहरुको उपचारमा आवश्यक अन्य औषधीजन्य सामाग्रीहरुमा सहयोग गर्ने प्रतिवद्धता जाएर गरेका छन् ।

जिल्ला अस्पताल पर्वतले कोरोना भाईरसको जोखिम न्युनिकरणका स्वास्थ्य सम्वन्धी विभिन्न कार्यहरुमा अग्रसरता देखाइरहेको अस्पतालले स्रोतले वताएको छ

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !