Sorry, that menu does not exist.
 

काठमाडौबाट आज साँझ र बिहान गरी २७० को संख्यामा बुर्तिवाङ क्षेत्रका नागरिक घर फिर्ता !

छविलाल पाण्डे, बुर्तिवाङ २०७७ बैशाख १० । काठमाडौमा लकडाउनका कारण अलपत्र परेका पश्चिम बागलुङका ७० जना नागरिक गाउँ फर्किएका छन् । अध्ययन, स्वास्थ्य उपचार र ज्यला मजदुरीका निम्ती काठमाडौमा रहेका ७० जना व्याक्तिहरु आज साझ ८ बजे बुर्तिबाङ आईपुगेका हुन् ।

नेपाली काँग्रेसका क्षेत्रीय सभापती दार्णकुमार कुवँरले बुर्तिबाङ सम्म आउने बसको सवारी पासको व्यवस्थापन गराएसँगै आज पहिलो दिन निसीखोला, तमानखोला, ढोरपाटन नगरपालिका र वडीगाड गाउँपालिकाका नागरिकहरु आएको र आजै बिहान दुई सयको सख्यामा ३ वटा बसमा यसक्षेत्रका नागरीक घर हिँडि सकेको कुवँरले बताए ।

एक महिना सम्म काठमाडौमा बस्दै गर्दा, खान बस्नको समस्या भएका नागरीकको आवाजलाई आफुले समन्वय गरेको बताउँदै यस्तो समस्याको अवस्थामा समेत साथ दिने गृह मन्त्रालय, जिल्ला प्रसाशन कार्यालय बागलुङ र नेपाल प्रहरीलाई धन्यबाद दिए ।

घर आउँदै गरेका नागरीकलाई बागलुङ, बिहुँमा ज्वरो परिक्षण गरीएको र बुर्तिबाङमा समेत इलाका प्रहरी कार्यालय बुर्तिबाङ, नेपाली सेनाको टोली र चिकित्सकको सक्रियतामा उनिहरुको परिचय सँकलन सँगै ज्वरो परिक्षण गराएर घर पठाइएको छ । घरमा पुग्दै गर्दा गाउँमा खुलेयाम नडुल्न र केहिदिन होम क्वारेन्टाईनमा बस्न आग्रह गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !