सुरेश छन्त्याल, गल्कोट २०७४ बैशाख ११ । बागलुङको गल्कोट नगरपालिका पाण्डबखानी ६ महिने सिलाई कताइ तालिम आईतवार सम्पन्न भएको छ ।्महिलाहरुको लागि आत्मनिर्भर बन्नका लागि गाउमै बसी सिकेको सीपलाई व्यवहारमा ल्याउन सके गाउमैबसी केहि गर्न सकिने कार्यक्रममा बताईएको थियो।
धौलागिरी सिप विकास केन्द्र बागलुङको आयोजना र महिला जागरण केन्द्र पाण्डबखानीको सह आयोजनामा पाण्डबखानीमा सिलाई कताइ तालिम ६ महिना पहिले सुरु गरिएको थियो ।
लक्ष्मी काउचाको अध्यक्षता भएको कार्यक्रममा समाजसेवी मानसिह छन्त्यालको प्रमुख आतिथ्यतामा अस्मिना श्रीसको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको संचालन पार्वती रानाले गर्नुभएको थियो,भने तालिमको सहजिकरण भविकला छन्त्यालले गरेकी थिईन् । तालिममा ३० जना महिलाको सहभागीता रहेको थियो।