निभेको दियो जस्तो भो जिन्दगी !
मलाई नसोध कस्तो भो जिन्दगी !
मानवता हराएको यो दुनियाँमा,
मूल्य गरिदियौ सस्तो भो जिन्दगी !
भन्दा हुन् अचेल दुनियाँ मलाई,
उसको आज यस्तो भो जिन्दगी !
कुनै रस रङ्ग न कुनै नौलो उमंग,
खाली खाली निस्तो भो जिन्दगी !
कुशल कुमार
बोवाङ, ढोरपाटन ।