Sorry, that menu does not exist.
 

जाँदाजाँदैे अंशुले भनिन् -‘भगवान समान डाक्टर तथा स्वास्थ्यकर्मीलाई हृदयदेखी धन्यवाद !’

निर्मल पौडेल, बागलुङ २०७७ वैशाख १३ । बागलुङकी पहिलो कोरोना भाईरस संक्रमित १९ वर्षिया युवती संक्रमणवाट मुक्त भएकी छन् । बागलुङ नगरपालिका ४ कुँडुलेकी १९ वर्षिय अंशु सापकोटाको छैटौँ रिपोर्ट पनि नेगेटिभ आएपछी शुक्रवार राति १० बजे अस्पतालवाट डिस्चार्ज भएकी हुन् । उनको पाँचौँ र छैटौँ पटकको थ्रोड स्वाव परिक्षण रिपोर्ट नेगेटिभ आएपछाडी डिस्चार्ज गरिएको धौलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र पोख्रेलले जानकारी दिए ।

कोरोना संक्रमण देखिए पछाडी उनलाई धौलागिरी अञ्चल अस्पतालमा उपचार गरिएको थियो । अस्पतालको पृथक बास (आईसोलेसन वार्ड)मा २८ दिन वसेर निको भएकी सापकोटाले अस्पतालबाट बिदा भएर जाँदाजाँदैे भगवान समान डाक्टर तथा स्वास्थ्यकर्मीलाई हृदयदेखी धन्यवाद दिईन् ।

उनी गत चैत्र ४ गते वेल्जियमवाट कतार एयरवेजको विमान हुँदै नेपाल आएकी थिईन् । कोरोना परिक्षण गर्दा चैत्र १५ गते पोजेटिभ भएको पुष्टी भएको थियो । यो भन्दा अगाडी सापकोटा सँगै आएकी बागलुङ नगरपालिका ३ गौडाकोटकी ६५ वर्षिया मनकुमारी पौडेल कोरोना संक्रमणवाट निको भई घरमा फर्की सकेकी छन् ।

खुशीको खबर : बागलुङ कुँडुलेकी १९ वर्षिया युवतीको रिपोर्ट आयो नेगेटिव !

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

3 Comments