छविलाल पाण्डे बुर्तिवाङ २०७७ बैशाख १३ । मध्यपहाडी लोकमार्ग अन्तर्गत ढोरपाटन नगरपालिका २ बडीगाड खोलामा निर्माणधीन सेराघाट मोटरेवल पुल धमाधम भत्काउन थालिएको छ ।
जेठ मसान्त सम्म निर्माण सक्ने लक्ष्यका साथ निर्माणकार्यलाई तिब्रता दिईएकोे उक्त पुल लकडाउनका कारण काम रोकिएर अलपत्र बनेपछि बर्षातको समय सुरु हुन लागेको र तत्काल कामगर्न सक्ने अवस्था नभएको भन्दै पुल ढलानका निम्ती तयारी अवस्थामा रहेको सर्टिङ सबै निकालेर राख्न थालिएको आयोजनाका साईड इन्चार्ज सुरेश बजगाँईले बताए ।
दिवा निर्माण कम्पनीले जिम्मा पाएको उक्त पुल बैशाख मसान्त सम्म ढलान सक्ने र जेठ मसान्त सम्म सर्टिङ खोल्ने निर्माण कम्पनीको तयारी रहेपनी करिब ३५ दिन बढी काम गर्न नसकिएको र दैनिक बर्षात भइरहेकाले काम गर्ने मजदुर घर फर्किएका कारण भत्काउन थालिएको हो ।
यो लिंकपनि पढौँ:
लकडाउनका कारण मध्यपहाडी लोकमार्ग बुर्तिवाङ सेराघाट मोटरेवल पुलको निर्माण प्रभावित !
काम छोडेर गएका मजदुरहरुलाई फर्काउन नसकिएको र आवश्यक सामान समेत ल्याउन सक्ने अवस्था नभएका कारण धेरै रिक्स मोल्नु भन्दा केहि समय पछि काम गर्ने गरी यसपटक पुलनिर्माणका निम्ती लगाइएको सटिङ निकाल्ने काम अन्तिम चरणमा पुर्याइएको निर्माण कम्पनी दिवा निर्माण सेवाका साइड इन्चार्ज बजगाँईले बताए ।
२०७४ साल माघ महिनादेखि ढोरपाटन १ को बुर्तिबाङ लक्ष्मीकुण्ड घाट पुल र २ को मध्यपहाडी लोकमार्ग अन्र्तगत पर्ने सेरा घाट पुलको एकैपटक निर्माण सुरु गरेको दिवा कम्पनीले लक्ष्मीकुण्ड पुल निर्माण सम्पन्न गरिसकेको छ तर सेराघाट पुलको काममा केहि ढिलाई भएका कारण यस वर्ष पुल निर्माण सम्पन्न नहुने निर्माण कम्पनिले जनाएकोा छ ।
९ करोड लागतमा निर्माण हुने उक्त पुलको २०७७ अजोज महिनासम्म निर्माण सक्ने सम्झौता रहेपनी लकडाउनका कारण आफुहरुले अब मँसिरबाट मात्रै काम सुरु गर्ने बाध्यता सृजना भएको बजगाँईको भनाई छ ।
४० मिटर लामो उक्त पुलको दुबै भागमा पिल्लर निर्माण, साईडमा ग्यावियन पर्खाल निर्माण सम्पन्न भई ढलानको काम बाँकि रहेको थियो ।
3 Comments