बागलुङ २०७७ बैशाख १४ । बागलुङ स्थित धौलागिरी अस्पतालमा चार हप्ता पृथकबास पछी कोरोना (कोभिड-१९) माथी विजय प्राप्त गरेर बागलुङ नगरपालिका ४ कुँडुलेकी १९ वर्षिया अंशु सापकोटा, शुक्रबार राति १० बजेको समयमा अस्पतालबाट डिस्चार्ज भएर घर फर्किन लाग्दा उनको बिदाईका लागी अस्पतालका स्टाफ, स्वागतका लागी उनका आफन्त र समाचारका लागी भेला भएका पत्रकारहरुको ठेलमठेल भीड्ले अस्पताल परिसर खचाखच भरिएको थियो । बागलुङ नगरपालिकाका दुबै संक्रमितहरुले कोरोनाबाट मुक्ति पाईसकेको सुखद क्षण थियो । सबैलाई तँछाडमछाड थियो, एकले अर्कोलाई उछिन्ने होडबाजी थियो, कतै मौका नै गुम्ला कि भन्ने त्रास थियो ।
उनी (अन्शु) २०७६ साल चैत ४ गते बेल्जियमबाट दोहा हुँदै कतार एयरवेजबाट काठमाडौ ओर्लेकी थिईन् । उनी चढेकै प्लेनबाट काठमाडौ आएकी उनकै उमेरकी अर्की छात्रामा कोरोना पोजेटिव भेटिएपछी सो प्लेनमा सवार अन्य यात्रुहरु पनि संक्रमित हुन सक्ने संभावना रहेकाले उनिहरुको खोजी भैरहेको अवस्थामा गत चैत १३ गते ती छात्राको नमुना परीक्षण गर्न काठमाडौ पठाउदा उनको रिपोर्ट पोजेटिव आएपछी उनलाई अस्पताल भर्ना गरिएको थियो। त्यतिबेला, केहि सन्चार माध्यमहरुले उनका कृयाकलापहरुलाई लिएर टीका टिप्पणी गर्दै दोष सबै उनै माथी लगाउने काम भयो ।
तर शुक्रबार राति १० बजेको दृश्य अर्कै थियो । अस्पतालमा भीड थियो, सबैलाई बधाई दिने हतार थियो, तस्वीर खिच्ने होडबाजी थियो । त्यहाँ न स्यानिटाईजर, न हात धुने साबुन पानीको खोजी थियो, न सामाजिक दुरी (Social Distancing)को पालना नै थियो, थियो, त्यहाँ लकडाउनको उल्लंघन ।
अस्पताल परिसरको त्यस दृश्यलाई देखेर अहिले सामाजिक सन्जालमा टिप्पणीहरु भैरहेका छन् । लकडाउनको नियम सामाजिक दुरी (Social Distancing)को पालना नगरिएकोमा बिरोध भैरहेको छ । अस्पताल परिसरमा लकडाउनको पालना गर्न गराउन अस्पताल प्रशासनको हेलचक्राईँ र प्रहरी प्रशासनको मौनता वर्तमानका ताता प्रश्न बनेका छन् ।
जाँदाजाँदैे अंशुले भनिन् -‘भगवान समान डाक्टर तथा स्वास्थ्यकर्मीलाई हृदयदेखी धन्यवाद !’
तस्वीरहरु सामाजिक सन्जालहरुबाट ।
One Comment