Sorry, that menu does not exist.
 

रेसुंगाको उनायचौरमा नवदुर्गा भगवती मन्दिरको निर्माण हुने !

पूर्ण बिश्वकर्मा, ,गुल्मी २०७७ बैशाख १४ । गुल्मीको रेसुङ्गा नगरपालिकाको वडा नम्बर ५, ६ र ७ को संगमस्थल उनायचौरमा नवदुर्गा भगवती मन्दिरको निर्माण हुने भएको छ १ आज रेसुङ्गा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुसालद्वारा उक्त मन्दिरको शिलन्यास गरिएको छ १ पर्यटकीय गन्तव्यका रुपमा चिनिदै आएको उनायचौरको , मन्दिर निर्माण पश्चात थप सुन्दरता बढ्ने अनुमान गरिएको छ १ पछिल्लो समय ट्री हाउसले सबैलाइ लोभ्याउदै गएको बेला उक्त मन्दिरको निर्माण गर्न लागिएको हो । नजिकै खेल मैदान, ठाउँ ठाउँमा प्रतिक्षालय रहेको उनायचौरमा सुन्दर पोखरीले झन सबैलाइ मोहित पार्दछ ।

मन्दिरको शिलान्यास गर्दै नगरप्रमुख भुसालले, अब आगामी दशैमा पुजा(आजाका लागि नयाँ मन्दिर निर्माण हुने र उनायचौरलाइ एक उत्कृष्ट पर्यटकीय ,धार्मिक गन्तव्यका रुपमा बिकाश गर्न आफुले महत्त्वपूर्ण भुमिका निर्बाह गर्ने बताए ।

करिब ५० लाखको लागतमा निर्माण हुन लागेको उक्त मन्दिर आगामी असार मसान्त सम्म निर्माणकार्य सम्पन्न हुने मन्दिर निर्माण समितिका सल्लाहकार लिल बहादुर श्रेष्ठले जानकारी गराए १
उनायचौरलाइ एक उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन डीपीआर समेत तयार भइसकेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

One Comment