निर्मल पौडेल पर्वत, २०७७ बैशाख १४ । सनराईज वैँक कुस्मा शाखाले धौलागिरी अञ्चल अस्पताल लाई १० थान पिपिई उपलव्ध गराएको छ । कोरोना भाईरस कोभिड १९ को उपचारमा स्वास्थ्यकर्मीहरुको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै शाखाले उक्त सामाग्री उपलव्ध गराएको हो । वैँकका कुस्मा शाखा प्रवन्धक गोविन्द प्रसाद आचार्य संगै जिल्ला अस्पताल पर्वतका अध्यक्ष गोविन्द गिरी पहाडीले संयुक्त रुपमा धौलागिरी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर शैलेन्द्र वि पोख्रेल लाई हस्तान्त्रण गरेका हुन् ।
सामाग्री हस्तान्त्रण गर्दै प्रवन्धक आचार्यले वैँकले ७ वटै प्रदेशमा एकमुष्ठ रुपमा सहयोग गरिसकेको भन्दै उपचारमा डाक्टरहरुलाई समस्या नहोस भन्ने हेतुले छुट्टै सहयोग गर्ने वैँकको नीति अनुसार पिपिई उपलव्ध गराएको वताए । आचार्यले अस्पताल लाई आवश्यक परेमा पुनः अन्य सामाग्रीहरु प्नि सहयोग गर्ने आश्वासन दिए । सहयोग प्राप्त पिपिई वुझ्दै धौलागिरी अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट डाक्टर पोख्रेलले वैँक शाखाले गरेको सहयोग निकै सह्रायिन भएको भन्दै वैँकको उन्नती प्रगतीको कामना सहित धन्यवाद व्यक्त गरे । उपलव्ध सामाग्री लाई आवश्यक खण्डमा प्रयोग गर्ने भन्दै पोख्रेलले अहिले सम्म अस्पतालले २ जना कोरोना संक्रमित लाई निको गराएर घर पठाईएको समेत जानकारी दिए । यस्तै पर्वत अस्पतालका अध्यक्ष गोविन्द गिरी पहाडीले अस्पतालले संक्रमितहरु लाई निको गराएर घर पठाउन सफल पार्नु सुखद भन्दै उपचारमा संलग्न सम्पुर्ण स्वास्थ्यकर्मीहरुलाई धन्यवाद व्यक्त गरे । यस्तै उनले सवैलाई सजक र सर्तक रहन आग्रह समेत गरे ।