Sorry, that menu does not exist.
 

गुल्मीमा पहिलो पटक (कोभिड १९) विरुद्धको बिमा पोलिसी शुभारम्भ !

मनु सुनार। गुल्मी २०७७ बैशाख १४ । अजोड इन्सोरेन्स कम्पनी लिमिटेड गुल्मी शाखाले गुल्मीमै पहिलो पटक कोरोना भाइरस (कोभिड १९) विरुद्धको बिमा पोलिसी शुभारम्भ गरेको छ।

आइतबार एकै दिन जिल्लाको सदरमुकाम तम्घास स्थित शुभलक्ष्मी फर्मा तथा नेश्नल प्याथ ल्याब तथा रिसर्च सेन्टर गुल्मीका स्वास्थ्यकर्मी, ल्याब एसिस्टेन्टहरु गरी २० जनाको प्रतिव्यक्ति १ लाख रुपैँया बराबरको बिमा गरि शुभारम्भ गरिएको हो।

त्यस अवशरमा शुभलक्ष्मी फर्मा गुल्मीका व्यवस्थापक तथा नेश्नल प्याथ ल्याब गुल्मीका शाखा प्रमुख होम बहादुर पल्लीले स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरु बढी जोखिममा हुने भएकाले पनि बिमा गरिएको उल्लेख गरे।

कोभिड १९ विरुद्धको एक लाख बराबरको बिमा व्यक्ति एक्लेले लिन परेमा वार्षिक रु १ हजार र परिवार अथवा संघसंस्थाले लिनुपरेमा प्रति सदस्य रु ६०० रुपैँया तिर्नुपर्ने छ।

यो बिमा लेख बिमा समितिद्धारा नयाँ बनाइएको अजोड इन्सोरेन्स कम्पनी लिमिटेड गुल्मीका शाखा प्रमुख सन्तोष न्यौपानेले जानकारी दिए। यो बिमा गरे बापत बिमित व्यक्ति कोभिड १९ कोरोना भाइरस संक्रमित पीसीआर द्धारा पुष्टि भएको ७ दिनभित्रमा रु १ लाख रुपैँया परिवारले पाउने छन्।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !